३१ भाद्र २०८१, सोमबार | September 17, 2024

काँग्रेसभित्र हिन्दुराष्ट्रको अभियानमा बहुमत पुग्नबाट रोक्ने को को


February 23, 2024
3.7k
Shares

काठमाडौं, ११ फागुन । नेपाली काँग्रेसको महासमिति बैठकको सभास्थल बाहिर हिन्दुराष्ट्र अभियानलाई प्रभावशाली नेताहरुले सुरुमा सामान्य रुपमा लिएका थिए । उनीहरुले केही सयले मात्र साथ दिने आँकलन गरेका थिए । तर, अनुमानभन्दा तिव्र गतिमा समर्थन बढ्न थाल्यो ।

सुरु दिनमा पाँच सयको हाराहारीमा हस्ताक्षर भएकोमा अन्तिम दिनसम्म हजार नै कट्यो । झण्डै २३ सय महासमिति सदस्य रहेकोमा १२ सय पुगेको भए महासमितिमा यो प्रस्ताव नै बन्ने सम्भावना थियो । तर, योजनावद्ध तरिकाले यसलाई रोक्ने खेलहरु भए ।

काँग्रेस सभापति शेरबहादुर देउवा समेत हिन्दुराष्ट्र अभियान सशक्त भएकोमा सतर्क भए । उनका विश्वासपात्रहरु नै यो अभियानमा बहुमत पुग्न नदिन सक्रिय भए ।

उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा समेत लागे बहुमत पुग्न नदिने । कृष्णप्रसाद सिटौला पनि अभियानको विपक्षमा देखिए ।

जे होस् हजार भन्दा बढी महासमिति सदस्यले अभियानको पक्षमा देखिने साहस देखाए । यसले काँग्रेसको अबको महाधिवेशनमा ठूलै असर पर्न सक्ने देखिएको छ ।

काँग्रेस महाधिवेशनमा हिन्दुराष्ट्र पक्षधर बलियो अवस्थामा पुग्न सक्छन् । यसलाई अहिले देखि नै रोक्ने खेल चलिसकेको छ ।

प्रतिक्रिया