११ श्रावण २०८१, शुक्रबार | July 27, 2024

देवघाटस्थित कन्या गुरुकुलको अक्षयकोषका लागि पौने दुई करोड सङ्कलन


February 21, 2024
8.4k
Shares

काठमाडौं, ९ फागुन । गार्गी कन्या गुरुकुलले अक्षयकोष स्थापनाका लागि काठमाडौँको पशुपतिनाथ क्षेत्रस्थित सुमार्गी भवनमा आयोजना गरेको श्रीमद्भागवतमहापुराण सप्ताह ज्ञान महायज्ञबाट पौने दुई करोडभन्दा बढी रकम सङ्कलन भएको छ । गुरुकुललाई दिगोरुपमा सञ्चालन गर्न, बालिकामा गुरुकुल शिक्षाको महत्व बढाउन र गुरुकुलको अक्षयकोष स्थापनाका लागि गार्गी कन्या गुरुकुल प्रतिष्ठान काठमाडौँले यही फाुगन १ देखि ९ सम्म गरेको महायज्ञमा उक्त रकम संकलन भएको हो ।

महायज्ञबाट रु एक करोड ७५ लाखभन्दा बढी रकम सङ्कलन भएको आयोजक समितिका संयोजक डा गोविन्द टन्डनले जानकारी दिए जसमा विभिन्न व्यक्ति तथा सङ्घसंस्थाले सहयोग उपलब्ध गराए ।

नेपालमा हाल कूल एक सय ५० वटा गुरुकुल सञ्चालनमा रहे पनि चितवन र तनहुँमा रहेका दुई गुरुकुलमा मात्रै बालिका पढ्ने गरेका छन् । संस्कृति तथा संस्कृत शिक्षा सबैले पढ्न पाउनुपर्छ भन्ने मान्यताका साथ स्थापना भएका गुरुकुलमा सबै जातजातिका बालिकाले पढ्न पाउने व्यवस्था मिलाइएको सहसंयोजक पौडेलले बताए । उनले देवघाट धाममा स्थापित पहिलो समावेशी गार्गी कन्या गुरुकुललाई स्थापनाकाल देखिनै अभिभावकीय भूमिका निर्वाह गरेको जानकारी दिए ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया