१२ श्रावण २०८१, शनिबार | July 27, 2024

हिन्दूराष्ट्र पक्षधर एकजुट हुँदै


February 20, 2024
1.6k
Shares

काठमाडौं, ८ फागुन । देशमा हिन्दूराष्ट्र पक्षधर एकजुट हुँदै गएका छन् । उनीहरु संगठित भएर देशमा हिन्दूविरोधी गतिविधिको सामना गर्ने गरी बढिसकेका छन् ।

पछिल्लो समय तराई र माथिल्लो पहाडी भेगमा हिन्दूविरोधी गतिविधि बढेपछि देशभरका हिन्दूहरु सचेत भएका हुन् । हिन्दूले आफ्नो धर्म र संस्कृति मान्दा आक्रमण हुन थालेको छ । रौतहटमा सरस्वतीको मूर्ति विसर्जन गर्न मुसलमान अतिवादीबाट रोकावट आउँदा हिन्दूहरु विरोधमा उत्रिए । हिन्दूमाथि ढुंगामुढा र हमला समेत भयो त्यहाँ ।

वीरगञ्जमा हिन्दूहरु त्यसको विरोधमा उत्रिए । त्यहाँ पनि हिन्दूमाथि आक्रमण भयो ।

पूर्वी पहाडमा हिन्दूहरुले सक्रियता देखाउन थालेपछि गाई काट्ने घटना घटाएर हिंसा भड्काउन खोजियो । त्यहाँ इशाई मिसिनरीहरु योजनावद्ध तरिकाले लागेको रिपोर्टहरु आएका छन् ।

हिन्दूहरुमाथि चौतर्फी आक्रमण र खतरा बढेको देखिएसँगै कतिपय दलहरुभित्र हिन्दुराष्ट्रको मुद्दा जोडतोडले उठेको छ । नेपाली काँग्रेसभित्र त हस्ताक्षर अभियान नै चलेको छ । महासमितिमा ५ सयभन्दा बढी सदस्यले हिन्दूराष्ट्र अभियानमा हस्ताक्षर गरिसकेका छन् ।

विभिन्न दलमा रहेका हिन्दूराष्ट्र पक्षधरहरु छलफलमा जुट्न थालेका छन् । उनीहरुले आफ्नो दलले यसबारे समयमै निर्णय नलिए कडा कदम चाल्ने चेतावनी पनि दिनथालेका छन् ।

यसैगरी, हिन्दूराष्ट्रको मुद्दालाई कमजोर बनाउन पूर्वराजा ज्ञानेन्द्र शाहको नाम सारेर खेल्ने गतिविधि पनि भएको छ । हिन्दूराष्ट्रको मुद्दालाई गिजोल्न शब्दजाल पनि हान्न थालिएको छ । यसमा राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र सक्रिय भएका छन् । उनी नेपालमा हिन्दूराष्ट्र हुन नदिने मिसनमा छन् र यो मुद्दालाई बिगार्न अनेकन गतिविधि गरिरहेका छन् ।

हिन्दूराष्ट्रको मुद्दा कमजोर बनाउन रवि लामिछाने र स्वर्णिम वाग्लेहरु पनि सक्रिय भइसकेका छन् । भविष्यमा हिन्दूराष्ट्रको मुद्दा बलियो हुनसक्ने देखेरै लामिछाने योजनावद्ध तरिकाले आएका छन् । उनको दलमा हिन्दूराष्ट्रविरोधीहरु नै हावी छन् । स्वर्णिम वाग्लेले त हिन्दुवादी पार्टीमा नबस्न धम्की नै दिएका छन् ।

हिन्दुत्वको मुद्दा बोकेर हिन्दूराष्ट्र बनाउन जुटेकाहरु भविष्यमा देशलाई धर्मनीरपेक्षका नाममा असफल बनाउने खेललाई रोक्न अहोरात्र खटिएका छन् । उनीहरु दूरदराजका गाउँ गाउँ पुगेर भ्रम चिर्दै राष्ट्रका लागि संकल्प लिएर सक्रिय छन् । उचित समयमा संगठित समूहले महत्वपूर्ण निर्णय लिने बुझिएको छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया