२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

भीम उपाध्यायविरुद्ध किन लाग्यो अख्तियारको मुद्दा ?


February 18, 2024
1.7k
Shares

काठमाडौं, ६ फागुन । भीम उपाध्याय सामाजिक सञ्जालका चर्चित पात्र हुन् । उनले नेपाली समाजमा निकै बलियो प्रभाव बनाउन सकेका छन् आफ्ना विचार र अभिव्यक्तिमार्फत् । तर, उनै उपाध्यायमाथि भ्रष्टाचारको मुद्दा दायर भएको छ ।

विगतमा उपाध्यायविरुद्ध साइबर अपराधको मुद्दा पनि दायर भएको थियो । उनी पछि छुटे । तर, यसपटक उनीमाथि भ्रष्टाचारको गम्भीर मुद्दा दायर भएको छ ।

अख्तियारले मेलम्ची खानेपानी परियोजनामा पौने ७ अर्ब भ्रष्टाचार भएको अभियोगमा उपाध्यायसहित तीन पूर्वसचिव र अन्य १५ जनामाथि मुद्दा दायर गरेको हो । यसबाहेक तीन कम्पनीसमेतमाथि मुद्दा दायर भएको छ ।

मुद्दा दायर भएका पूर्वसचिवहरुमा सञ्जय शर्मा र गजेन्द्र ठाकुर पनि छन् । उनीहरु खानेपानी मन्त्रालयमा सचिव भई काम गरेका थिए ।

मेलम्ची खानेपानी विकास समितिका बोर्ड सदस्य मुकुन्दप्रसाद पौडेल र रुद्रसिंह तामाङ, कार्यकारी निर्देशकहरु घनश्याम भट्टराई, रामचन्द्र देवकोटा र सूर्यराज कँडेलमाथि पनि मुद्दा दायर भएको छ ।

प्रतिक्रिया