७ आश्विन २०८१, सोमबार | September 23, 2024

यौन र्दुव्यवहारमा कोरियाली पाश्चर दोषी ठहर


February 16, 2024
830
Shares

एजेन्सी, ४ फागुन । यौन र्दुव्यवहारमा दोषी ठहर भई दक्षिण कोरियाका पाश्चर जेल चलान भएका छन् । ६७ वर्षीय पाश्चय चुन कि वन पाँचवटा यौन र्दुव्यवहारको मामलामा दोषी ठहर भएका हुन् जसमा पीडितहरु किशोरावस्थाका छन् ।

विगतमा पाश्चय वनलाई दशकौंसम्म निकै सम्मानका साथ हेरिन्थ्यो । उत्तर कोरियाबाट भागेर आएकाहरुलाई सहयोग दिने व्यक्तिका रुपमा चिनिन्थ्यो । तर, उनले कमजोरीको फाइदा उठाएर र्दुव्यवहार गर्थे ।

वनले एक हजारभन्दा बढी उत्तर कोरियाका शासक किमको कठोर शासनबाट भागेकालाई सहयोग गरेको दाबी गर्दथे । तर, उनीहरुमाथि नै वनले यौन र्दुव्यवहार गर्ने गरेको खुलेपछि रातारात नायकबाट खलनायकमा परिणत भएका थिए ।

प्रतिक्रिया