विद्याविहीन बन्दै विद्यालय
रमेश कँडेलः विद्यालय शब्द आहा कति सुन्दर शब्द नवीन उर्जा र विशेष भाव जागृत गराउने शब्द। विद्यालय शब्दलाई बुझ्नका लागि हामीले विद्यार्थी जीवनमा विद्यांआलय, विद्यालय अर्थात् ”विद्याको घर” लाई विद्यालय भनेर अध्ययन गर्यौँ र अहिले पनि विद्यार्थीलाई यही कुरा पढाइन्छ । सामान्य रूपमा विद्यालयको शब्द व्युत्पत्तिको बारेमा पढाउँदा बुझाउने शैली यही नै हो । साथमा जब हामी विद्या शब्दको अर्थ जान्ने प्रयास गर्दछौँ, संस्कृत व्याकरणमा ”विद् ज्ञाने” धातुबाट विद्या शब्दको व्युत्पत्ति भएको छ । विद् ज्ञाने अर्थात् जान्नु, ज्ञान प्राप्त गर्नु अर्थमा विद्या शब्दको प्रयोग भएको छ । अर्थात् विद्याको सामान्य अर्थ भनेको जान्नु, ज्ञान प्राप्त गर्नु भन्ने हुन्छ । तर यसरी विद्यार्थीलाई पढाइरहँदा र भनिरहँदा हामीले विद्यालय शब्द पछाडिको भाव, दायित्व र सङ्कल्पनालाई बुझ्ने प्रयास गर्यौ त रु कहिल्यै यसको मर्मलाई बुझ्ने इच्छाशक्ति देखायौँ त ? अहिले हामीले भनिरहेका विद्यालय साँच्चै विद्याका घर छन् रु वर्तमानका विद्यार्थी के साँच्चै विद्यार्जनका लागि र शिक्षक विद्या प्रदान गर्नका लागि प्रयासरत छन् त ? हामीमाँझ यस्ता प्रश्न गम्भीर रूपमा खडा भएका छन् । यी प्रश्नको उत्तर खोजिनुपर्छ अब । देशको समग्र शिक्षालाई सुधार गर्न पनि हामी सबैले यी प्रश्नको जवाफ खोज्नु आवश्यक छ ।
अब प्रश्न आउँछ के जान्ने रु के को बारेमा ज्ञान ? जब बालबालिका आफ्नो जन्म पश्चात्को पहिलो रोदनबाट नै जान्ने प्रवृत्तितर्फ अग्रसर हुन्छ, उसमा चेतनाको विकाससँगै आफ्नो को ? पराइ को ? म कोसँग सुरक्षित छु ? आदि परिस्थितिलाई जान्दै, बुझ्दै जीवन यात्रामा अग्रसर भइरहँदा आफ्ना माता पिता, परिवारका अन्य सदस्य, समाजका व्यक्तिहरू सबैको माध्यमबाट विविध विषयको बारेमा जानिरहेको हुन्छ । उसले परिवारबाट शब्द ज्ञान, मातृभाषा, संस्कारजन्य ज्ञान, मानवीय व्यवहार, सेवा, दया, करुणा आदि विषयको बारेमा जान्ने प्रयास गर्दछ । यो ज्ञानार्जनको यात्रामा उसले आफ्नो उमेर समूह, आवश्यक र परिस्थिति अनुसार जीवनका अनेकौँ महत्त्वपूर्ण विषयलाई जान्ने प्रयास गर्दछ । जब नयाँ नयाँ विषयको ज्ञान हासिलका लागि अगाडि बढ्दछ तब विस्तारै विद्यार्थीका लागि सामूहिकताको साथमा विद्यालयको आवश्यकता पर्दछ । सामूहिकता, सहकार्य, सहयोग र सह–अस्तित्वको साथमा व्यक्तिमा स्वयंको साथमा समाज जीवन, राष्ट्र जीवनका अनेकौँ आयामको ज्ञानको वृद्धिको आवश्यकता पर्दछ तब विद्यालयको आवश्यकता पर्दछ । तसर्थ हामीले प्राचीन स�
