३१ भाद्र २०८१, सोमबार | September 17, 2024

वसन्तपञ्चमी तथा सरस्वती पूजा मनाइँदै


February 14, 2024
747
Shares

काठमाडौं, २ फागुन । आज वसन्तपञ्चमी तथा सरस्वती पूजा । हिन्दूहरुले विद्याकी देवी सरस्वतीको पूजा गरी मनाइरहेका छन् ।

आजको दिनलाई साइतको मानिन्छ । अक्षर चिनाउने शुभारम्भ आजबाट गरिने प्रचलन रहिआएको छ । नवीन कार्य प्रारम्भ पनि आजकै दिन पारेर गरिन्छ ।

विवाह, ब्रतबन्ध, आदि साइतका काम शुभ मानिन्छ आज । विद्यालयहरुले आजकै दिनबाट अक्षराम्भ गर्नुपर्ने विद्यार्थीका लागि भर्ना समेत लिइरहेका छन् ।

आजकै दिनबाट वसन्त ऋतुको आरम्प हुने र सूर्य उत्तरायण हुँदै जादा दिन लामो र रात छोटो हुँदै जान्छ । यसकारण पनि वसन्तपञ्चमीबाट न्यानो बढ्दै जान्छ ।

प्रतिक्रिया