एकदिवसीय क्रिकेटमा क्यानडाविरुद्ध नेपालको क्लिन स्वीप

काठमाडौं, २९ माघ । अनिलकुमार साह र भीम सार्कीले शतक प्रहार गरेको क्यानडाविरुद्धको एकदिवसीय क्रिकेटको तेस्रो शृंखलामा नेपालले सहज जित निकालेको छ । क्यानडाले दिएको २३३ रनको लक्ष्य नेपालले ४४.३ ओभरमै पार गरी शृंखला क्लिन स्वीप गरेको हो ।
नेपालसँग क्यानडाले अघिल्ला दुई शृंखलामा जस्तो प्रदर्शन गर्न सकेन । नेपाली ब्याट्सम्यानहरु क्यानडाली बलरसामु हावी भए । अनिल र भीम दुवैले नटआउट रही सतक बनाए ।