२३ भाद्र २०८१, आइतबार | September 8, 2024

ठूलामाछाविरुद्ध एक्सनमा जाला अख्तियार ?


February 12, 2024
913
Shares

काठमाडौं, २९ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमाथि केही जायज आरोप लाग्ने गरेको छ । त्यो हो उसले केही हजार घूस खानेलाई समातेर कार्यप्रगति देखाउँछ र ठूला भ्रष्टाचारीको त फाइल नै अगाडि बढाउँदैन । यदि बढाइहालेमा राजनीतिक दबाब या कसैको नियोजित उद्देश्यबाट प्रभावित भएर बढाउँछ । तर, पछिल्लो समय यी आरोपहरु कमजोर सावित हुँदै गएका छन् ।

आइतबार अख्तियार दिवस मनाइरहँदा देशमा भ्रष्टाचार बढेको तथ्यांक पनि उत्तिकै जगजाहेर छ । विगतमा लाख हुँदै करोडमा हुने भ्रष्टाचार अहिले अर्बमाथि पुग्न थालिसकेको छ । घूसको लेनदेन विदेशमा हुन थालिसकेको छ ।

अख्तियारले केही यस्ता भ्रष्टाचारको मुद्दा बढायो जसको सम्बन्ध बाह्य देशसम्म जोडिएको छ । नेसनल पेमेन्ट गेटवे प्रकरणमा भएको करोडौको भ्रष्टाचारका नाइकेहरुको विदेश आवतजावत् देखि लेनदेन विदेशमा समेत देखिएको छ । यो प्रकरणमा पक्राउ परेका विकल पौडेल र सुनिल पौडेलबाट धेरै खुलासाहरु भइरहेको बुझिएको छ । सुई प्रभावशाली नेता सम्म पुगिसकेको छ । तर, अख्तियार कति अगाडि बढ्छ भन्ने मूल विषय हो ।

भ्रष्टाचारमा प्रमाण चाहिन्छ । तर, राजनीतिक तहबाट हुने गरेका भ्रष्टाचारमा प्रमाण नै नहुने गरी व्यवस्थापन गरिएको हुन्छ । कानूनले त प्रमाण खोजिहाल्छ ।

पछिल्लो समय टेरामेक्स प्रणालीको भ्रष्टाचारको मुद्दा विचाराधीन छ । यो प्रकरणमा तत्कालीन सञ्चारमन्त्रीहरु, बहालवाला मुख्यसचिव, सचिव देखि पूर्व सचिवलगायत मुछिएका छन् । यो फाइल कति अगाडि बढ्ला ? चासो बनेको छ ।

देशमा जग्गा हडप्नेहरुको बिगबिगी नै छ । सार्वजनिक र पुरातात्विक महत्वका जग्गा र स्थानहरु हडपिएका छन् । अख्तियारमा त्यससम्बन्धी उजूरी पनि परेको छ । तर, फाइल अगाडि बढिरहेको छैन ।

सार्वजनिक र सरकारी जग्गा हडप्नेमा शक्तिशाली व्यापारी देखि नेताका आसेपासे छन् । उनीहरुलाई उन्मुक्ति दिन पनि यस्ता फाइल बढ्दैन ।

प्रतिक्रिया