३ आश्विन २०८१, बिहिबार | September 20, 2024

रवि लामिछानेले गरे विनोद चौधरीमाथि बयान लिन माग


February 11, 2024
664
Shares

काठमाडौं, २८ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले बाँसबारी जग्गा प्रकरणमा विनोद चौधरीमाथि बयान लिन माग गरेका छन् । आइतबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै चौधरीमाथि वयान नलिएकोमा प्रश्न उठाएका हुन् ।

बाँसबारी जग्गा प्रकरणमा अरुण चौधरी जत्तिकै विनोद चौधरीको पनि संलग्नता देखिएको भन्दै अनुसन्धानको दायरामा राखेर बयान लिनुपर्ने विषय पनि उठाए । उनले प्रश्न गरे, ‘जग्गा हडप्ता अरुण चौधरीकै जति शेयर भएका अन्य साझेदारहरु मध्ये सत्तारुढ दलका सांसद विनोद चौधरीको पनि देखिएको छ । तर अनुसन्धानको दायरामा राखेर बयान त लिन सकिन्थ्यो होला । बयान लिइयो कि लिइएन ?’

लामिछानेले पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापा अझै फरार रहेकोमा समेत प्रश्न उठाए ।

प्रतिक्रिया