१२ श्रावण २०८१, शनिबार | July 27, 2024

कतारले जित्यो एशिएन कप (भिडियोसहित)


February 11, 2024
747
Shares

एजेन्सी, २८ माघ । कतारले एशिएन कप फुटबलको उपाधि जितेको छ । शनिबार राति भएको खेलमा जोर्डनलाई ३-१ ले पराजित गर्दै कतारले उपाधि जितेको हो ।

कतार लगातार एशियन कप दुईपटक जित्ने देश समेत भएको छ । कतारका जीतमा अक्रम अफिफले पेनाल्टीमार्फत् ह्याट्रिक गरेका थिए । उनी प्रतियोगिताका सबैभन्दा मूल्यवान खेलाडी समेत बने । उनले ८ गोल गर्दै सर्वाधिक गोलकर्ताको पुरस्कार समेत पाए ।

खेलको पहिलो हाफमा कतारले अग्रता लिएपनि जोर्डनले ६७ मिनेटमा बराबरी गोल गरेको थियो । तर, ७३ मिनेट र इन्जुरी समयमा अफिफले गोल थपेपछि कतारले जित सुनिश्चित बनायो ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया