७ आश्विन २०८१, सोमबार | September 23, 2024

धनुषाधाममा धमाकाको सांस्कृतिक कार्यक्रम हुने, को को आउँदै


February 8, 2024
1.1k
Shares

जनकपुरधाम, २४ माघ । धनुषाधाममा यसपाली धमाकाको सांस्कृतिक कार्यक्रम हुन भएको छ । तामाङ समुदायको महान पर्व सोनाम ल्होछारका अवसरमा धनुषा धाममा ‘बृहत सांस्कृतिक कार्यक्रम’को आयोजना हुने भएको हो ।

२८६० औं सोनाम ल्होछारको अवसरमा आयोजना हुने सो कार्यक्रममा मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डललाई प्रमुख अतिथिका रुपमा आमन्त्रण गरिएको आयोजक संस्थाले जनाएको छ । त्यस्तै विशिष्ट अतिथिका रुपमा सामाजिक अभियन्ता एवं लोकप्रिय समाजसेवी सुकबहादुर तामाङ तथा सोही वडाका वडाअध्यक्ष ऋषिकेश लामा अतिथि रहने आयोजक संस्थाले जनाएको छ ।

मालटोल तामाङ समाजले यही माघ २७ गते धनुषा धाम नगरपालिका-६ स्थित मालटोल चौरमा सोनाम ल्होछारका अवसरमा सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागेको हो। विगत ४० वर्षदेखि गाँउका गरिब दुःखी आम जनताको दुख र पीडामा मलम लगाउँदै आएका लोकप्रिय समाजसेवी सुकबहादुर तामाङको अग्रसरतामा कार्यक्रम हुन लागेको हो । तामाङ समुदायको उत्थान र समृद्धिमा दत्तचित्त भएर समाजकै अगुवा ठानिएका विशिष्ट अतिथि तामाङ यति बेला धनुषा धाम क्षेत्रकै सामाजिक अभियन्ताका रुपमा परिचित छन् ।

सो सांस्कृतिक कार्यक्रममा चर्चित कलाकारहरूको शानदार प्रस्तुति रहने छ । चर्चित भर्सटायल गायक गायिका द्वय अस्मिता अधिकारी र सपन श्रेष्ठ, गायक शुभ तामाङ्ग, चर्चित र्यापर एवं गायक प्रिन्स राज, डान्सरद्धय सरिता खड्का र सुसीको दमदार प्रस्तुति रहने आयोजक संस्थाका संयोजक लवराज घिसिङले जानकारी दिएका छन् ।

प्रतिक्रिया