१२ पुस २०८१, शुक्रबार | December 27, 2024

नाम प्रज्ञा प्रतिष्ठान काम कम्युनिष्ट प्रतिष्ठान, बालकृष्ण शम जयन्तीमा मार्क्सवाद र लेनिनवादको विमर्श


February 7, 2024
1.2k
Shares

कृष्ण हुमागाईँ: नेपालको हरेक क्षेत्रमा डरलाग्दो हमलाहरु भइरहेका छन् । शिक्षा देशका लागि नभई विदेशीका लागि पाठ्यक्रम बनाउनेहरु हावी भए । मौलिक संस्कृति र परम्परालाई प्रहार गर्दै विदेशी सिद्धान्त लाद्ने क्रियाकलाप भयो । यतिसम्मकी देशका मूलधारका दलहरु आफ्नो माटो सुहाउँदो विचार र सिद्धान्तलाई लत्याएर विदेशीले आफ्ना लागि बनाएको सिद्धान्त लाद्न थाले । परिणामस्वरुप देशमा अनेकन समस्याहरु आयो ।

अहिले प्रज्ञा प्रतिष्ठान जस्तो थलो कम्युनिस्ट प्रतिष्ठानमा रुपान्तरण भएको छ । प्रज्ञा प्रतिष्ठान नेपाली भाषा, साहित्य र कलाको क्षेत्र उदाहरणीय कार्य गर्ने एउटा प्राज्ञिक केन्द्र हो । जसमा सधै नेपालको मौलिक भाषा, कला, संस्कृतिको खोज अनुसन्धान गरि त्यसको संरक्षण गर्ने , साहित्य प्रकाशन गर्ने, नेपाली साहित्यकारहरूलाई सम्मान गर्ने हाम्रा महापुरूषहरूको विगतका योगदानलाई सम्मान गर्ने कार्य गर्ने मुख्य दायित्व त्यसमा रहँन्छ । तर विडम्बना भन्नू पर्छ आज प्रज्ञा प्रतिष्ठान ती सबै कार्य भुलेर कम्युनिस्ट विचार र साहित्य प्रकाशन र बहसमा केन्द्रीत भइरहेको छ ।

आज नेपाली भाषा, साहित्य र कलाको उन्नयनका लागि काम गर्नु पर्ने नेपाल प्रज्ञा प्रतिष्ठानमा प्राज्ञको स्थानमा दलीय विचार र भगबण्डाबाट पोषित बौद्धिक दासहरूको भर्तीले प्रतिष्ठान भरिएको कारण प्रतिष्ठानले माक्र्स, लेलिन र माओको विचारमाथी बहस चलाई रहेको छ ।  नेपाली साहित्यका शिखर पुरूष बालकृष्ण समको पुण्य तिथिमा मार्क्सको सान्दर्भिकताको चिन्तन ? कुन हिसाबले उचित छ ?

कसैको तिथिमा माओ, लेलिन, स्टालिन आदिको चिन्तन  किन आवश्यक छ ? के हिजोको दिनमा हामीले नेपाली साहित्यकारहरूको विचार र योगदानको चिन्तन, बुद्धको चिन्तन, फाल्गुनन्दरपृथ्वीरयोगी नरहरिनाथरसिता र जनकको विचारको सान्दर्भिकता, विद्यापतिको ज्ञानको चर्चाको आयोजना प्रज्ञाले गरेको कहिल्यै सुनेका छौँ रु एक महिना भित्र सम्पन्न माओ, लेलिन जसले लाखौंको हत्या गरि क्रन्ति गरेर विश्वमा आफ्नो विचारलाई लिएर आए उसको विचार माथि बहस गर्ने हो की स्वदेशी नेपाली महापुरूष जसले कलम, मसि, ज्ञान ध्यानबाट समाजलाई जागरण र विश्वलाई शान्तिको सन्देश दिने व्यक्ति र महापुरूषको विचार माथि बहस गर्ने  हो ?

हिजो राजाको कालमा राजकीय प्रज्ञा प्रतिष्ठान रहँदा त्यसको नाम परिवर्तन गरेर नेपाल प्रज्ञा प्रतिष्ठान बनायौँ । अब फेरी कतै कथित प्राज्ञहरू यसलाई कम्युनिष्ट प्रज्ञा प्रतिष्ठान बनाउने षडयन्त्रमा अगाडि बढिरहेका त छैनन् ?

तसर्थ पछिल्लो समय नेपाली बृहत् शब्दकोषबाट ॐ शब्द हटाउनु , विस्तारै मौलिक भाषालाई शब्दबाट हटाउदै जानू,  नेपाली महापुरूषको जन्मदिन वा पुण्य तिथिमा  माक्र्स, माओ, लेलिनको विचार माथि बहस हुनुले  प्रज्ञाबाट निरन्तर  वैचारिक षड्यन्त्रको दूर्गन्ध फैलिइरहेको छ । यसमा सचेत र सावधान हुनु आवश्यक छ देखिन्छ र प्रज्ञा प्रतिष्ठानमा बसेका व्यक्तिहरू सचेत हुनु आवश्यक छ । अन्यथा घर जलाएर खरानी बेच्नु शिवाय अरू केही बाँकी नरहन सक्छ ।

प्रतिक्रिया