१२ श्रावण २०८१, शनिबार | July 27, 2024

भगवान पशुपतिनाथको पवित्र भूमिका ‘माननीय’ भन्दै नेपालका सांसदहरुलाई योगी आदित्यनाथले यसरी गरे स्वागत


February 6, 2024
2k
Shares

काठमाडौं, २३ माघ । भारत भ्रमणमा रहेको सांसदहरुको टोलीले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता गरेका छन् । मंगलबार योगीको लखनऊस्थित कार्यकक्षमा भेट भएको हो ।

योगीले भेटबारे ट्वीट गर्दै जानकारी गराएका छन् । उनले नेपाललाई भगवान पशुपतिनाथको पावन भूमि भन्दै खुशी समेत व्यक्त गरे ।

योगीलाई सांसदको टोलीले पशुपतिनाथको प्रसादका रुपमा रुद्राक्षको माला समेत लगाइदिएका थिए ।

गोरखपुरनाथका मठाधीश समेत रहेका योगीको पशुपतिनाथप्रति अगाध आस्था छ । उनी मुख्यमन्त्री हुनुअघि पशुपतिनाथको दर्शन गर्न आइरहन्थे ।

संसदको अन्तर्राष्ट्रिय समितिका सभापति राजकिशोर यादवसहितको टोली भारत भ्रमणमा छ । उनीहरुले भारतका प्रभावशाली नेता देखि उच्च अधिकारीसँग भेट गरिसकेका छन् ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया