६ आश्विन २०८१, आइतबार | September 23, 2024

आइटी माफिया विकलको नेपालमा भ्रष्टाचार अमेरिकामा बँगला


February 5, 2024
6.7k
Shares

काठमाडौं, २२ माघ । अख्तियारले पक्राउ गरेको आइटी माफिया विकल पौडेलले अमेरिकामा ७ करोड नेपाली रुपैयाँको आलिशान बँगला किनेको खुलेको छ । नेपालमा एक दशकदेखि आइटी क्षेत्रमा चलखेल गर्दै आएका विकलले सत्तामा जो आयो उसैलाई प्रभावमा पारी पदमा पुग्थे र आइटी क्षेत्रमा चलखेल गर्दथे । उनी र श्रीमती दुवैले अमेरिकाको पीआर लिएका छन् ।

विकलको समूहले सिंगापुर, दुबईलगायतका ठाउँमा घूसको कारोबार नै गरेको खुलेको छ । यसरी आइटीमा आफ्नो वर्चश्व बनाएका उनले न्यूयोर्कमा बँगला खरिद गरेका थिए ।

२०७७ पुसमा अमेरिकाको कानुनी स्थायी आवासीय अनुमति एलपीआर पनि लिएका छन् । त्यसपछि घर किनेका हुन् । उनी नेपालमा आइटी क्षेत्रमा रहँदा पनि अमेरिका आउजाउ गर्दथे ।

विकल आइटी क्षेत्रमा अरबौंको भ्रष्टाचार प्रकरणमा मुछिएका छन् । उनी सुरक्षण मुद्रण, इम्बोस्ड नम्बर प्लेट, टेलिकमसम्बन्धी विभिन्न घोटालामा सक्रिय रहेको पाइएको छ ।-तस्बिर साभारः स्वास्थ्यलाइभ

प्रतिक्रिया