एमाले धादिङमा कुटाकुट, खनालको हात भाँच्चियो

धादिङ, २१ माघ । नेकपा एमाले धादिङ जिल्ला अधिवेशनमा कुटाकुट भएको छ । यस क्रममा एकजनाको हात भाँच्चिएको छ ।
नेता र कार्यकर्ताको दुई समूहबीच कुटाकुट हुँदा सन्तोष खनालको हात भाँच्चिएको छ । अधिवेशनस्थलमा झडप हुनथालेपछि प्रहरीले हस्तक्षेप गर्नुपरेको थियो ।
कुटाकुटपछि एमाले धादिङको अधिवेशन स्थगित भएको छ । एमाले धादिङमा बन्दसत्रपछि पदाधिकारी चयनका क्रममा सहमति हुन नसकेपछि चुनावमा जान लाग्दा झडप भएको हो ।