४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

बाँसवारी छाला जुत्ताको १० रोपनी जग्गामा यसरी भएको थियो ठगी


February 3, 2024
4.2k
Shares

काठमाडौं, २० माघ । बाँसवारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा ठगी प्रकरणमा पक्राउ परेका चौधरी समूहका अरुण कुमार चौधरीले योजनावद्ध तरिकाले जग्गा हडपेको तथ्य सीआइबीले सार्वजनिक गरेको छ । सीआइबीले योजनाबारे प्रष्ट खुलाएको छ जसमा मुख्य योजनाकारमा कारखानाका तत्कालीन कार्यकारी अध्यक्ष अजित नारायण सिंह थापा, सि.जि. चाँदवाग रेसिडेन्सी प्रा.लि.का संचालक संजय ठाकुर समेत संलग्न पाइएका छन् ।

बाँसबारी छाला तथा जुत्ता कारखाना लि. को नाममा श्रेस्ता कायम भएको १८ रोपनी ३ आना २ पैसा क्षेत्रफलको जग्गा नेपाल सरकारको निर्णय बिना संचालक समितिले आफूलाई फाइदा हुने गरी १० भाद्र २०४३ मा च्याम्पियन फुटवयेर लि. को कम्पनी खडा गरी हडपेको सीआइबीले जनाएको छ । च्याम्पियन फुटवयेर जग्गा हडप्नकै लागि खडा गरिएको थियो ।

कम्पनीको जारी पूँजी ५० लाख को २० प्रतिशत शेयर लिने गरी क्यानभास जुत्ता उत्पादन गर्ने भनी कारखानाको नाममा श्रेस्ता कायम रहेको जग्गा मध्येको १० रोपनी जग्गा हक हस्तान्तरण गरिएको थियो । तत्कालीन ५० लाख ५० हजार पूँजीको २५ प्रतिशत शेयर लिने गरी तत्कालीन संचालक समितिले निर्णय गरेको, सम्झौता बमोजिम १० लाख ५० हजार लगानी गर्नुपर्नेमा २६ लाख लगानी गरी सरकारलाई नोक्शान पुर्याएको सीआइबीले जनाएको छ ।

प्रतिक्रिया