१२ श्रावण २०८१, शनिबार | July 27, 2024

चीनलाई चारओटै अन्तर्राष्ट्रिय विमानस्थल सुम्पिने ग्रान्डडिजाइनमा को को


February 2, 2024
498
Shares

काठमाडौं, १९ मंसिर । देशमा अहिले अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको भुत चढाइएको छ । अरबौंको कमिशनको खेल भएकाले पनि यसमा एउटा गिरोह नै लागेको छ । राज्यलाई ऋणको भार पनि बोकाउने अनि कुनै बाह्य शक्तिको स्वार्थसिद्ध पनि हुने गरी योजनावद्ध तरिकाले यस्ता क्रियाकलाप भइरहेको छ ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने भन्दै २७ लाख रुख काट्ने र दशौं अर्ब कमिशन लिन एउटा गिरोह र्याल काटेर बसेको छ । त्यो गिरोहले भैरहवा र पोखरा विमानस्थलमा खुबै चलखेल गरेको थियो । अहिले ती दुवै अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यवसायिक उडान नहुँदा घाटा लागिरहेको छ । राज्यलाई ऋणको भार बोकाइएको छ ।

भैरहवा र पोखरा विमानस्थलमा व्यवसायिक उडान नहुनुको दोष भारतलाई थोपरेर माफियाहरुले कमिशन लुकाउन भ्याइसकेका छन् । अब उनीहरु फेरि भारतलाई नै दोष दिएर अर्को खतरनाक खेलमा लागेका छन् ।
नेपाल सरकारले निजगढ सहित चारओटै अन्तर्राष्ट्रिय विमानस्थल भारतीय व्यवसायी गौतम अडानीको समूह ‘अडानी ग्रुप’ लाई संचालनका लागि दिने तयारी गरेको छ भनेर हल्ला मच्चाइएको छ । उद्योगपति गौतम अडानी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी निकट व्यवसायीका रूपमा चिनिन्छन् । उनले भारतका विभिन्न एयरर्पोट, बन्दरगाह, रेलवे, लगायतका क्षेत्रहरू व्यवस्थापन तथा बुट प्रणालीमा निर्माण गरी संचालन गरिरहेका छन् ।

एयरपोर्ट प्रकरणमा अडानी समूह कै नाम आउनुको पछाडी निक्कै ठुलो षड्यन्त्र घुसेको छ । केही समय अघि अर्थमन्त्री प्रकाशशरण महत भारतको गुजराँतमा गएर ‘भाइब्रेन्ट गुजराँत’ कार्यक्रममा सहभागी भएर आए । उनी फर्केर आएपछि नेपाली एयरर्पोट अडानी ग्रुपलाई दिने मनस्थीतिमा अर्थमन्त्री भएको भनेर बजारमा हल्ला फिँजाईएको छ । उक्त हल्ला फिजाउने पात्रहरूमा नेपालका उद्योगपतिहरू वरूण चौधरी, निर्वाण चौधरी र अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्याय र पूर्वमुख्यसचिव लिलामणि पौडेल रहेका छन् । उपाध्याय र पौडेल त विगत देखि एउटै गिरोहका सदस्य रहेको ललिता निवास प्रकरणमा छताछुल्ल भएको छ । दुवैको यो प्रकरणमा संलग्नता पाइएको छ ।

नेपालमा ऋणबाट बनेका सबै विमानस्थलहरूको संचालन खर्चसमेत घाटामा रहेका छन्, जसका लागि नेपाल सरकारले अनुभवी तथा योग्य साझेदारका रूपमा अडानी ग्रुपलाई आग्रह गर्दा उनीहरूले चासो देखाएका छन् भनेर बजारमा हल्ला फैलाइएको छ । चौधरी ग्रुप र अडानी ग्रुपबिचमा केही समय अघि नेपालसँग जोडिएका भारतीय राज्यहरूमा सिमेन्ट आपूर्तिमा सहजीकरणका लागि रणनीतिक समझदारी भएको थियो । सोही कुरालाई लिएर भारत सरकार सम्बद्ध व्यापारीलाई नेपालको चारवटै एयरपोर्ट संचालनको लागि दिइन लागेको हो भनेर रणनीतिक तरिकाले हल्ला मच्चाइयो । यसमा सूर्यनाथ र लिलामणि समूहलाई जिम्मा दिइयो ।

तर, वास्तविक घटनालाई केलाउने हो भने भारतले नेपालमा चीन सरकारले लगानी गरेका परियोजना मात्रै हैन, चिनियाँ ठेकेदारबाट बनेका परियोजनामा समेत व्यावसायिक ढंगले जोडिन चाहिरहेको देखिदैन । यस बिचमा अडानी समूहको नामलाई बिचमा ल्याएर नेपाल सरकार सम्बद्ध केही पदाधिकारीहरूले भारतीय कार्ड खेलेर जनताको बिचमा थप राष्ट्रवादी देखिनको निम्ति नेपाल सरकारले चाइनालाई एयरपोर्ट भाडामा दिन खोजिरहेको खुल्न थालेको छ । अडानी समूहले अहिलेसम्म नेपालको एयरपोर्ट भाडामा लिने भन्ने विषयमा कहीँ कतै कुनै कुरा समेत उठान गरिएको छैन तर एमाले निकट मानिएका केही व्यापारीहरूको समूहले अडानी समूहको नामलाई बिचमा ल्याएर ठुलै खेल खेलिरहेको प्रष्ट बुझ्न सकिन्छ ।

यसै विषयलाई लिएर सूर्यनाथ उपाध्यायले काठमाडौंमा दुई ठुला कार्यक्रमहरू समेत आयोजना गरेका थिए । जसको खर्चसमेत चौधरी समूहले उठाएका थिए । एयरपोर्टको कारण व्यवस्थापकीय तनाबमा रहेको नेपाल सरकारको फाईदा लिदै भारतले चार ओटै विमानस्थल आफ्नो पोल्टामा लैजान खोज्दैछ भन्ने भ्रम फैलाएर अन्ततस् विमानस्थल चाईनिज समूहलाई हस्तान्तरण गर्ने ठुलो तानाबाना बुनिंदैछ, जुन कुरामा सूर्यनाथ उपाध्यायको समूह र चौधरी ग्रुपको समूह लागिपरेका छन् ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया