१२ श्रावण २०८१, शनिबार | July 27, 2024

प्रचण्ड-ओली भेटघाट बाक्लो, अब के होला ?


February 2, 2024
664
Shares

काठमाडौं, १९ माघ । राजनीतिमा विपरित ध्रुवका नेताहरु समेत निश्चित स्वार्थका कारण मिल्न पुग्छन् । त्यस्तै हुँदै आएको छ प्रचण्ड र केपी शर्मा ओलीमा । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष ओली कुनैबेला एक अर्काका कटु आलोचक थिए । तर, दुवैले नेकपा बनाए फेरि विघटन गरे ।

प्रचण्डको साथमा ओली प्रधानमन्त्री बने दुई पटक । प्रचण्ड पनि एकपटक ओलीको साथ पाएर प्रधानमन्त्री बने । पहिलो र दोस्रोपटक प्रधानमन्त्री बन्दा भने ओलीको साथ थिएन । सत्ताको स्वार्थमा मिल्ने र टाढिने गर्दै आएका दुवै नेता फेरि नजिकिएका छन् ।

पछिल्लो समय प्रचण्ड र ओलीबीच भेट बाक्लिएको छ । माघ महिनामा दुवैले भेटहरु धेरै गरे । शुक्रबार पनि बालुवाटारमा दुवैको भेट भएको छ ।

प्रचण्डले एमालेलाई पनि भाग दिने गरी राष्ट्रियसभाको सिटमा छलफल गरेका थिए । तर, सफल हुन सकेन त्यो प्रयास ।

सत्ता ढाल्ने र नयाँ बनाउने खेलहरु विभिन्न कोणमा चलिरहँदा प्रचण्डले ओलीसँग भेटघाट बढाएका छन् । ओलीले पनि गठबन्धन फुटाउने भन्दै चुनौती दिदै आएका छन् । उनी प्रचण्ड या देउवामध्ये एकलाई साथमा लिएर गठबन्धन ढाल्न लागेका छन् । तर, गठबन्धन वाध्यात्मक बनेकाले पनि नफुट्ने देखिन्छ ।

हालैमात्र चिनियाँ अधिकारीको नेपाल भ्रमणका बेला कम्युनिस्ट एकताको विषय उठेको थियो । चीनले प्रचण्ड र ओलीलाई मिलाउन खोजेको सन्देश प्रवाह गरिरहेको छ । उनीहरुले दुवैमाथि दबाब बढाइरहेका छन् ।

अर्को चुनावसम्म कम्युनिस्ट एकताको सम्भावना बलियो बन्दै गएको छ । नयाँ बनेका दल र केही नाम चलेका नेताहरुको स्वतन्त्र अभियानका कारण कम्युनिस्ट शक्तिमाथि पनि चुनौती छ । यसकारण पनि ओली र प्रचण्डबीचको भेटघाट बाक्लिदै गएको छ । उनीहरु फेरि नजिक आउन खोज्दैछन् । कुनै मिलनबिन्दु भेटेर फेरि एक हुन खोज्दैछन् ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया