६ आश्विन २०८१, आइतबार | September 23, 2024

समग्र सुरक्षा संगठनलाई कमजोर पार्ने प्रयत्न गर्नु दुर्भाग्य


January 28, 2024
5k
Shares

काठमाडौं,१४ माघ । राजनीतिक विश्लेषक प्रकाश रायमाझीले सुरक्षा संगठनलाई कमजोर पार्ने प्रयत्न गर्नु मुलुकको लागि दुर्भाग्य हुने टिप्पणी गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएका प्रहरीले अध्यागमनका कर्मचारीहरूमाथि हातपात गरेको विषयमा रायमाझीले यस्तो बताएका हुन् ।

सुरक्षाकर्मीहरू केही लाल्ची भएपनि समग्र संगठनलाई नै कमजोर पार्ने प्रयत्न गर्नु मुलुकका लागि दुर्भाग्य हुने उनको भनाइ छ । अध्यागमनका कर्मचारीहरूले प्रहरीमाथि झुटो आरोप लगाएको बताउँदै लेखक समेत रहेका रायमाझीले शान्ति सुरक्षामा अहोरात्र खटिनुपर्ने सुरक्षाकर्मीहरूको मनोबल गिर्न दिन नहुने धारणा राखेका छन् ।

“बर्दीमा रहेका ड्युटीको क्रममा प्रहरी कुटाई खान्छन् तर उनीहरू नै प्रहरी माथि झुटो आरोप लगाउँछ अध्यागमनका कर्मचारीहरू । यो त प्रतिनिधि घटना मात्रै हो। शान्ति सुरक्षामा अहोरात्र खटिनुपर्ने सुरक्षाकर्मीहरूको मनोबल गिर्दै गएको छ।”,उनले लेखेका छन्,“सलामी गुलामी नेता र हाकिमहरूको चाकरी गर्ने छाता ओडाउने चर्पी जाँदा पनि लोटा बोकाउने बनाएर दम्ब देखाउने कथित मानसिकताले हाम्रो समाज ग्रस्त भएको छ। सुरक्षाकर्मीले पनि यस्तालाई दलाली गर्ने चाकरी गर्नुभन्दा देश र जनताको सेवामा समर्पित हुन मन मस्तिष्कबाट जागरुक हुनुपर्दछ। हाकिम खुसी पार्ने प्रवृत्तिले सुरक्षा निकाय अत्यन्त कमजोर हुँदै गएको छ। प्रहरी ऐन संशोधन गरेर घरघरमा राखेका दासका रूपमा रोइरहेका सुरक्षाकर्मीहरूलाई अभिलम्ब फिर्ता बोलाउनुपर्छ।”

सरुवा बढुवादेखि हरेक क्षेत्रमा राजनीति हस्तक्षेपबाट आक्रान्त बनेको प्रहरी प्रशासनलाई चुस्त दुरुस्त बनाउनको निमित्त सरकार प्रतिबद्ध हुनुपर्ने उनको तर्क छ ।

प्रहरी प्रशासनको व्यवहारबाट सरकारको ऐना देखिन्छ । साधारण परिवारको रोजगारीको आकर्षक बनेको नेपाल प्रहरी सधैँ विवादमा किन आइराख्छ ? भन्दै उनले प्रश्न गरेका छन् ।  प्रहरीका उच्च पदस्थ कर्मचारीले चाकरी गराउने आफ्नो स्वार्थ अनुरुप दलाली गराउने प्रवृत्ति बढेको भन्दै लेखक रायमाझीले त्यसको घोर निन्दा गर्नुपर्ने बताएका छन् ।

“सभ्य मिलनसार सत्य,तथ्यको र न्यायको पक्षमा प्रहरी क्रियाशील हुनु पर्दछ। राजनीतिक अस्थिरताको यो भयावह परिस्थितिमा जिउधनको शान्ति सुरक्षा गर्नुपर्ने जिम्मेवार निकाय सरकारको कठपुतली बन्नुहुँदैन। कथित नेताहरूलाई रिजाउने प्रहरी प्रशासनको काम होइन।”,उनले लेखेका छन्,“प्रहरी देशको जिम्मेवार संस्था हो। कुनै दलको भात्री संगठन होइन। बढ्दो हिंसा विकृति व्याप्त बनाएको समाजमा प्रहरी सधैँ चनाखो र जनमुखी सेवाग्राही प्रति इमान्दार हुनैपर्छ। सरकारले जस्तोसुकै आदेश दिन्छ मान्नुपर्छ भन्ने छैन। देश र जनताको पक्षमा निर्भिक भएर उभिन सुरक्षा निकायले आट गर्नुपर्छ।”

अध्यागमन अधिकृत छायालाल मोक्तान र विमानस्थल अध्यागमन कार्यालय प्रमुख गोगनबहादुर हमालमाथि प्रहरीले शुक्रबार दिउँसो हातपात गरेको समाचार बाहिर आएको थियो ।

प्रतिक्रिया