१२ श्रावण २०८१, शनिबार | July 27, 2024

फर्कने आशामा महाराजको दौडाहा


January 27, 2024
415
Shares

काठमाडौं, १३ माघ । पूर्वराजा ज्ञानेन्द्र शाह देश दौडाहामा छन् । उनी तराईमा विभिन्न कार्यक्रममा सरिक भइहेका छन् ।

पछिल्लो समय कहिले झापा त कहिले भैरहवा पुगेका शाह सिमरा पुगेका छन् । उनी जहाँ पुग्यो त्यहाँ समर्थकलाई भेटिहेका छन् ।

पूर्वराजा दुर्गा प्रसाईँको अभियानमा झापामा सार्वजनिक मञ्चमा देखिएका थिए । उनी पहिलोपटक राजनीतिक मञ्चमा देखिएका थिए त्यतिबेला । हालैमात्र उनले सार्वजनिक मञ्चमा बोलेका थिए ।
पूर्वराजा कहिले दलहरुलाई सहमति बनाएर चल्न आव्हान गर्छन् त कहिले उनीहरुको कडा आलोचना गर्छन् ।

राजसंस्थाको अन्त भएपछि पनि पूर्वराजा शाह देश छाडेनन् । उनी पुनः राजसंस्था फर्कने आशामा सक्रिय छन् । नयाँ पीढीमा हिन्दू धर्मप्रति आस्था झन् बढेको छ । यही भेउ पाएर उनले त्यसलाई आफ्नो समर्थनमा पनि तान्न खोजेका छन् ।
पूर्वराजाको समर्थनमा राष्ट्रिय प्रजातन्त्र पार्टीमात्र खुलेर लागेको मुख्य दल हो । तर, राप्रपामा पनि समर्थन बढ्न सकेन ।

काँग्रेसले राजसंस्था फर्काउन तयार नहुने सन्देश दिइसकेको छ । काँग्रेस सभापति शेरबहादुर देउवाले धर्मनीरपेक्षतामा विचार गर्न सकिने तर राजाका बारे सम्झौता नहुने स्पष्ट पारिसकेका छन् । कम्युनिस्ट पार्टीहरु राजाको पक्षमा आउने सम्भावना देखिदैन ।

पूर्वराजा गद्दीमा फर्कने सम्भावना निकै कम छ । तर, राजनीतिमा असम्भव भने केही छैन ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया