२३ भाद्र २०८१, आइतबार | September 8, 2024

ट्रम्पको व्हाइट हाउसको दौड तिव्र


January 24, 2024
249
Shares

एजेन्सी, १० माघ । अमेरिकामा २०२४ को नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्प रिपब्लिकन पार्टीका तर्फबाट उम्मेदवार हुने सम्भावना बढेको छ । ट्रम्पले न्यु हेमिस्पेयर राज्यमा रिपब्लिकन पार्टीको उम्मेदवार चयनमा सफलता हासिल गरेसँगै सम्भावना बढेको हो ।

यसअघि इओवामा पनि उनले सफलता हासिल गरेका हुन् । ट्रम्पको सफलतालाई उनको फेरि ह्वाइट हाउस फर्कने प्रबल सम्भावनाको रुपमा पनि लिइएको छ ।

ट्रम्प २०२० मा वाइडेनसँग झीनो मतान्तरले पराजित भएका थिए । उनी २०१६ मा राष्ट्रपतिमा जितेका थिए ।

ट्रम्पलाई राष्ट्रपतिको उम्मेदवार बन्न नसक्ने गरी अमेरिकाका विभिन्न अदालतहरुले फैसला पनि गरेका छन् । तर, उनलाई रोक्न कठिन देखिइसकेको छ ।

प्रतिक्रिया