२३ भाद्र २०८१, आइतबार | September 8, 2024

एमाले म्याग्दीको अध्यक्षमा बालकृष्ण सुबेदी र प्रमोद श्रेष्ठमध्ये कस्ले मार्ला बाजी


January 24, 2024
2.3k
Shares

म्याग्दी, १० माघ । नेकपा एमाले म्याग्दीको माघ १२ र १३ गते बेनीमा हुन लागेको १० औं जिल्ला अधिवेशनमा अध्यक्षमा बालकृष्ण सुबेदी र प्रमोद श्रेष्ठको दाबी देखिएको छ । एमालेका केन्द्रीय महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यतामा हुने लागेको १० औं जिल्ला अधिवेशनमा बालकृष्ण सुवेदीको अध्यक्षमा एकल उम्मेदवार हुने चर्चा चलेपनि अन्तिम समयमा प्रमोद श्रेष्ठले अध्यक्षमा आफ्नो उम्मेदवारी रहने बताएका छन् । यो संगै सुबेदी र श्रेष्ठ बिच प्यानल नै निर्माण गरि चुनाव नै हुने सम्भावना बढ्दै गएको एमाले म्याग्दीका एक नेताले बताए ।

सुवेदीको प्यानलबाट उपाध्यक्षमा बेनी नगरपालिकाका मेयर समेत रहेका सुरत केसी र सचिवमा धवलागिरी गाउँपालिकाको पूर्व अध्यक्ष तथा एमाले म्याग्दीकी सह–सचिव थमसरा पुनले उम्मेदवारी दिने भएका छन् भने श्रेष्ठको प्यानल बाट उपाध्यक्षमा जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख समेत रहेका राजकुमार थापा र सचिवमा प्रेमबहादुर कार्की ९दिपक बिखर्ची० ले उम्मेदवारी दिने भएका छन् ।

अन्तिम समयमा आएर अध्यक्षको उम्मेदवार दिने बताएका श्रेष्ठलाई सुबेदीले उपाध्यक्षमा सहयोग नगरेपछि प्यानल नै निर्माण गरि अगाडि बढेको एमाले म्याग्दीका एक नेताले बताका छन् । यो संगै नेकपा एमाले म्याग्दीको १० औं जिल्ला अधिवेशनमा नेतृत्व चयनका लागि निर्वाचन हुने सम्भावना निकै बढेको देखिएको छ ।

प्रतिक्रिया