१ करोड ८० लाख आफ्नो खातामा जम्मा नभएको रविको दाबी
    काठमाडौं,८ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले १ करोड ८० लाख रुपैयाँ आफ्नो खातामा जम्मा नै नभएको दाबी गरेका छन् ।
पार्टी केन्द्रीय कार्यालय चस्मतिमा आज अपराह्न पत्रकार सम्मेलन गर्दै सभापति लामिछानेले ग्लोबल आइएमई बैंकको आफ्नो बैंक खातामा सो रकम जम्मा नभएको बताएका हुन्।
लामिछानेले अघिल्लो पत्रकार सम्मेलनमा व्यक्तिगत अट्याक गरेको भन्दै भने,‘पसर्नल अट्याग गरे आवेगवश त्यसको लागि क्षमा चाहन्छु ।’


