३१ भाद्र २०८१, सोमबार | September 17, 2024

मोदीले भगवान श्रीरामसँग किन क्षमा मागे


January 22, 2024
415
Shares

अयोध्या, ८ माघ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भगवान श्रीरामसँग क्षमा मागेका छन् । सोमबार अयोध्यामा श्रीराम मन्दिरको प्राण प्रतिष्ठापछि सम्बोधन गर्दै यति लामो समयसँग राम मन्दिर पुर्ननिर्माण गर्न नसकेको भन्दै क्षमा मागेका हुन् ।

मोदीले भने, ‘प्रभु रामसँग क्षमा माग्छु । हाम्रो तपस्यामा केही कमी रहेको होला । यति लामो समयसँग यो कार्य गर्न पाइएन । आज यो कमी पूरा भएको छ ।’

मोदीले सदीऔंको धैर्यको धरोहर मिलेको बताए । उनले आफूले दैवीय अनुभव गरेको समेत बताए ।

भारतको न्यायपालिकाले न्यायको लाज राखेको टिप्पणी समेत गरे । भारतको सर्वोच्च अदालतले अयोध्यामा राम मन्दिर बनाउने फैसला सुनाएको थियो ।

भगवान श्रीराम भारतको कण कणमा मिलेको भन्दै यही नामले देशलाई एकीकृत गर्ने शक्ति राखेको बताए ।

श्रीराम मन्दिरको निर्माण आगोको नभई ऊर्जालाई जन्म दिएको बताए । उनले भने, ‘राम आगो होइन राम ऊर्जा हो । राम विवाद होइन राम समाधान हो ।’ रामको सर्वव्यापकताको जन्म भएको समेत बताए ।

प्रतिक्रिया