१२ श्रावण २०८१, शनिबार | July 27, 2024

अयोध्याको सुरक्षा कडा; जल, जमिन र आकाशमा सुरक्षा घेरा


January 22, 2024
332
Shares

अयोध्या, ८ माघ । श्रीराम मन्दिरको प्राण प्रतिष्ठाका लागि भारतको अयोध्याको सुरक्षा व्यवस्था कडा पारिएको छ । अयोध्यामा सवारी प्रवेश नै निषेध गरिएको छ ।

हजारौं सुरक्षाकर्मीले अयोध्यालाई वरिपरिबाट सुरक्षा दिएका छन् । सुरक्षा आकाश र जमिनमा मात्र नभई नदीमा पनि रहेको छ । सयौं ड्रोनबाट अयोध्या क्षेत्रमा कडा निगरानी राखिएको छ ।

श्रीराम मन्दिरको निर्माणस्थलको २ किलोमिटर वरिपरी मानिसहरुलाई समेत प्रवेश गर्न दिइएको छैन ।

श्रीराम मन्दिरको प्राणप्रतिष्ठामा सहभागी हुन लाखौं मानिसहरु अयोध्यामा केही दिन अघि नै आइपुगेका छन् ।

भारतका धार्मिक गुरुहरु, कलाकार तथा प्रतिष्ठित व्यक्तिहरु अयोध्या आइपुगेका छन् ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया