२ फाल्गुन २०८२, शनिबार | February 15, 2026

अयोध्यामा श्रीरामको प्राणप्रतिष्ठामा नेपालबाट भारत प्रवेश गरेका निम्तालुलाई सुनौलीमा भव्य स्वागत


January 21, 2024
24.7k
Shares

अयोध्या, ७ माघ । अयोध्यामा श्रीराम मन्दिरमा प्राणप्रतिष्ठामा निम्ता गरिएका अतिथिहरुलाई सुनौली नाकामा भव्य स्वागत गरिएको छ । गाँजाबाँजासहित भारतको उत्तर प्रदेशबाट आएका वरिष्ठ अधिकारी, प्रहरी अधिकृत, स्थानीय अधिकारीहरुले स्वागत गरेका थिए ।

स्वागतपछि पूर्वप्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले अयोध्यामा श्रीराम मन्दिरको प्राणप्रतिष्ठालाई ऐतिहासिक क्षण भनेका छन् । उनले दुई देशबीच धार्मिक सम्बन्धले अझ प्रगाढ सम्बन्ध स्थापित गर्ने बताए ।

नेपालबाट सांसद हरिप्रभा खड्का, पूर्वआइजीपी अच्युत्कृष्ण खरेल, पूर्वएआइजी कल्याणप्रसाद तिमिल्सिना, विश्व हिन्दू महासंघकी उपाध्यक्ष ज्योत्साना साउद, वरिष्ठ पत्रकारहरु शरदचन्द्र भण्डारी, डा. दीपेश केसी, पंकज दास, दीपक खरेल, मुकुन्द कालिकोटेलगायत रहेका छन् ।

प्रतिक्रिया