११ श्रावण २०८१, शुक्रबार | July 27, 2024

प्रधानमन्त्री दाहाल र श्रीलङ्काली राष्ट्रपति विक्रमासिङ्घेबीच भेटवार्ता


January 20, 2024
249
Shares

काठमाडौँ,६ माघ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेबीच भेटावार्ता भएको छ । असंलग्न आन्दोलन (नाम) का सदस्य राष्ट्रको १९औँ सम्मेलनमा भाग लिन युगाण्डाको कम्पालामा रहेका उनीहरुबीच आज द्विपक्षीय भेटवार्ता भएको हो ।

भेटमा प्रधानमन्त्री दाहालले असंलग्न परराष्ट्र नीतिका मामिलामा नेपाल र श्रीलङ्का एक ठाउँमा उभिएकाले क्षेत्रीय सहकार्य र आपसी हितमा दुवै देशको सहकार्य आवश्यक रहेकामा जोड दिए ।

सो क्रममा श्रीलङ्काका राष्ट्रपति विक्रमासिङ्घेले सार्कलाई सक्रिय तुल्याउन आफूहरूको सहयोग रहने बताउँदै क्षेत्रीय हित र साझा आर्थिक क्रियाकलापमा नेपाल र श्रीलङ्काबीच सहकार्य आवश्यक रहेकामा जोड दिनुभएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।

दाहालसँगै परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा रूपक सापकोटा, परराष्ट्र सचिव सेवा लम्साललगायत परराष्ट्र मन्त्रालयका अधिकारी पनि भेटमा उपस्थित थिए ।

 

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया