सभामुखले संसदीय समितिका सभापतिहरुसँग छलफल गर्दै

काठमाडौँ,६ माघ। सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा अन्तर्गत रहेका सबै विषयगत समितिका सभापतिहरुलाई छलफलका लागि बोलाएका छन् ।
घिमिरेले आइतबार बिहान ११ बजे समितिका सभापतिहरुलाई छलफलमा बोलाएका हुन् ।
सबै समितिको काम कारबाही र गतिविधिबारे घिमिरेले जानकारी लिन खोजेको बुझिएको छ । घिमिरे सभामुख निर्वाचित भएको १ वर्ष पूरा भएको छ ।