१२ श्रावण २०८१, शनिबार | July 27, 2024

एनसेल कर छलीबारे खुल्ला कि छुप्ला ?


January 19, 2024
3.2k
Shares

काठमाडौं, ५ माघ । एनसेल कर छलीबारे गठित समितिले छानविन प्रतिवेदन १५ माघमा सार्वजनिक गर्दैछ । पूर्वमहालेखापरीक्षक टंकमणि शर्माको संयोजकत्वमा गठित समितिले जाँचबुझ गरिरहँदा यस क्षेत्रमा हलचल ल्याउने घटना भए । जसमध्ये नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षबाट पुरुषोत्तम खनालको राजीनामा पनि हो ।

खनाल एनसेलको शेयर खरिद विक्री सम्बन्धी सम्झौताको सक्कल कागजपत्र मगाउने गरी पत्र लेख्नेमा पर्छन् । एनसेलले छापसहितको सक्कल पत्र भने दिन मानेन । त्यसपछि दबाबमा खनालले राजीनामा बुझाए । यो घटनालाई एनसेलको कर छलीको छानविनलाई प्रभावित पारिएको मोडका रुपमा लिइएको छ ।

एनसेलले खरबौंको सम्पत्ति अरबमा देखाएर ६० अर्बभन्दा बढी कर छली गरेको छ । उसको कर सम्बन्धी ५७ अर्बको मुद्या अदालतमा विचाराधीन नै छ । तर, प्राधिकरणलाई जानकारी नै नदिई शेयर विक्री गरेको छ । अर्कोतर्फ, अदालतमा मुद्या विचाराधीन हुँदै गर्दा शेयर विक्री गरिएको छ त्यो पनि विदेशमा कम्पनी खोलेर । कम्पनी बेलायतमा केही महिना अघिमात्र खोलिएको छ । यसकारण पनि यो घटना खोल्नेभन्दा पनि छोप्नमा सरकारका जिम्मेवार अधिकारी र जाँचबुझ समितिकाहरु उद्धत देखिन्छन् ।

एनसेल प्रकरणमा पर्दाबाहिर सतिशलाल आचार्य, सचिनलाल आचार्य र उनको परिवार देखिएपनि भित्र भित्र महतो समूहको मुख्य भूमिका रहेको छ । महतोभन्दा पनि माथि केही माफिया अन्तर्राष्ट्रिय रुपमा सक्रिय छन् । एनसेल प्रकरणलाई सामसुम पार्नकै लागि भण्डारीलाई विज्ञ बनाएर ल्याइएको हो । एनसेल प्रकरणमा कर छली जस्ले खोतल्न खोज्छ उसलाई ठेगान लगाउने प्रपञ्च पनि माफिया समूहले रचेको छ ।

एनसेल कर छलीको चर्चा चलेपछि जाँचबुझ समितिका नाममा टंकमणि शर्मालाई ल्याइएको छ । शर्मा एनसेललाई लाभ हुने गरी गतिविधि गर्दै आएका पात्र हुन् । एनसेलको शेयर पर्चेजको सक्कल पत्र प्रमाणित गरी खोजबिन भएपछि कतिपय व्यक्तिहरु तारोमा परे । सञ्चार सचिवबाट कृष्णबहादुर राउतको सरुवा भइसकेको छ । दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाललाई राजीनामा दिन वाध्य बनाइयो ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया