७ आश्विन २०८१, सोमबार | September 23, 2024

विश्वमा को बन्ला पहिलो दश खर्ब डलरका धनाढ्य ?


January 17, 2024
830
Shares

एजेन्सी, ३ माघ । विश्वमा अबको दश वर्षमा पहिलो दश खर्ब डलरका धनी निस्कनेछन् । तर, त्यो व्यक्ति को होलान् चासो बनेको छ ।

अहिलेसम्म विश्वका सर्वाधिक धनीको २ खर्ब डलरको सम्पत्ति रहेको छ । एक्स भनिने ट्वीटरका मालिक एलन मस्कसँग २ खर्ब २९ अर्ब सम्पत्ति रहेको छ । मस्कको विद्युतीय गाडी बनाउने टेस्ला कम्पनी पनि रहेको छ । मस्कको सम्पत्ति तिव्र गतिमा बढिरहेको छ । २०२० यता मस्को सम्पत्ति दोब्बरभन्दा बढी भएको हो ।

बर्नाड आर्नलट दोस्रो धनी हुन् । उनको सम्पत्ति पनि २ खर्ब डलर नजिक रहेको छ । जेफ बेजोससँग १ खर्ब ७७ अर्ब डलर सम्पत्ति छ । चौंथो नम्बरका बिल गेट्ससँग १ खर्ब ४१ अर्ब रहेको छ ।
विश्वका दश धनाढ्यसँग १ खर्बभन्दा बढी सम्पत्ति छ । २ हजारभन्दा बढी अर्बपति छन् विश्वमा ।

च्यारिटी अक्सफार्मको रिपोर्टले विश्वमा २०३४ भित्र १० खर्ब डलरको धनाढ्य जन्मने प्रक्षेपण गरेको छ ।

प्रतिक्रिया