७ आश्विन २०८१, सोमबार | September 23, 2024

प्रतिघन्टा दुई अर्ब कमाउँछन् विश्वका पाँच धनाढ्य


January 15, 2024
1.4k
Shares

एजेन्सी, १ माघ । तपाईँ प्रतिघन्टा कति कमाउन सक्नुहुन्छ । एक सय, एक हजार या त्योभन्दा बढी । तर, सँसारमा पाँचजना यस्ता धनाढ्य छन् जस्को कमाई प्रतिघन्टा नेपाली रुपैयाँ २ अर्ब जति हुनेगर्छ ।

विश्वका पाँच धनाढ्यले २०२० यताको चार वर्ष प्रतिघन्टा २ अर्बका दरले कमाई गरेका छन् । च्यारिटी अक्सफार्मको रिपोर्टले पाँच धनाढ्यले ८ खर्ब ६९ अर्ब डलर सम्पत्ति वृद्धि गरेको तथ्यांक सार्वजनिक गरेको छ ।

ती पाँच धनाढ्य हुन्ः एलभीएमएचका प्रमुख बनार्ड आर्नल्ट, एभेजनका जेफ बेजोस, लगानीकर्ता वारेन बफेट, ओराकलका सहसंस्थापक लारी एलिसन र टेस्लाका सीइओ इलन मस्क । यी पाँच धनाढ्ले आफ्नो सम्पत्ति तेब्बर बनाउँदा विश्वमा ५ अर्ब मानिस भने झन् गरिब भएका छन् ।

तथ्यांक अनुसार अर्बपतिहरुले २०२० को तुलनामा ३३० खर्ब डलर सम्पत्ति बढाएका छन् । उनीहरुको हातमा विश्वको १० ठूलामध्ये ७ कम्पनि रहेको उल्लेख छ ।

यसैगरी, धनाढ्यको सम्पत्ति बढेमा अबको १० वर्षमा विश्वको पहिलो १० खर्बको मालिक हुनेछन् । तर, सँसारमा गरिबी अझै २२९ वर्ष कायम रहने उल्लेख छ ।

प्रतिक्रिया