३१ भाद्र २०८१, सोमबार | September 17, 2024

बम्जनको शैक्षिक योग्यता खुलाइएको सीआइबीको विज्ञप्तिले उठायो प्रश्न


January 12, 2024
7.6k
Shares

काठमाडौं, २७ पुस । नेपाल प्रहरीले अभियुक्तलाई सार्वजनिक गर्दा उसको नाम, ठेगाना, उमेर र घटना विवरण सार्वजनिक गर्ने गर्दछ । तर, प्रहरीको इतिहासमा पहिलोपटक कुनै अभियुक्तको शैक्षिक योग्यता सार्वजनिक गरिएको छ । ती अभियुक्त हुन् लिटिल बुद्ध भनिने रामबहादुर बम्जन ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीले पक्राउ गरेपछि बम्जनको उमेर ३४ वर्ष र स्थायी ठेगाना बाराको निजगढ उल्लेख छ । उनको शैक्षिक योग्यता ५ कक्षा भनिएको छ । प्रहरीले कुनैपनि अभियुक्तको शैक्षिक योग्यता खुलाउने नगरेकोमा बम्जनको मामलामा खुलाउनुले प्रश्न उठाएको छ ।

बम्जनको अपराध पुष्टि भइसकेको छैन । तर, उनी लामो समययता संगठित गिरोहको तारोमा पर्दै आएका थिए । उनले तामाङ समुदायमा धर्मान्तरणलाई रोक्ने कदमहरु चाल्दै आएपछि तारोमा परेको विश्लेषण समेत हुन थालेको छ ।

बम्जनमाथि यौन र्दुव्यवहारको आरोप छ । बम्जनकै आश्रममा बस्ने आनिको रुपमा रहेकी युवतीले उजूरी गरेको उल्लेख छ । ती आनीको बारेमा अहिलेसम्म कुनै खुलाइएको छैन ।

प्रतिक्रिया