२३ भाद्र २०८१, आइतबार | September 8, 2024

अमेरिका र बेलायतद्वारा यमनका हुथीमाथि आक्रमणपछि तेलको मूल्य आकाशियो


January 12, 2024
1.1k
Shares

एजेन्सी, २७ पुस । लगातार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटिरहँदा शुक्रबार अचानक बढेको छ । अमेरिका र बेलायतले यमनका हुथी विद्रोहीमाथि हवाई हमला गरेलगत्तै कच्चा तेलको मूल्यवृद्धि भएको हो ।

अहिले अन्तर्राष्ट्रिय बजारमा २ प्रतिशतले कच्चा तेलको मूल्यवृद्धि भई प्रतिब्यारल ८० डलर आसपास पुगेको छ ।

हुथीले रेड सीमा पश्चिमा राष्ट्रका जहाजमाथि हमला गरेपछि अमेरिका र बेलायतले यमनमा रहेको उनीहरुको अखडामा हवाई हमला गरेका हुन् । हुथी विद्रोहीले रेड सीमा जहाजमाथि हमला गर्ने धम्की दिएका छन् ।

हुथी विद्रोही इरानसँग नजिक मानिन्छ् । यमनको सत्तामा साउदी अरेबिया निकटहरु छन् । हुथीको गतिविधि पछिल्लो समय बढ्दै गएको छ ।

प्रतिक्रिया