३ आश्विन २०८१, बिहिबार | September 20, 2024

एनसेलको खरबौंको खेल मिलाउन टंकमणिको इन्ट्रि, पर्दाभित्र उपेन्द्र महतो


January 11, 2024
2.5k
Shares

काठमाडौं, २६ पुस । देशमा चोरलाई चाबी दिने गतिविधि बढ्दै गएको छ । अनियमितता गर्नसक्नेलाई मालदार ठाउँमा लाने र घटना बाहिर आएर समस्या परेमा व्यवस्थापन गर्न त्यस्तै मान्छेलाई अघि सार्ने गतिविधि चलिरहेको छ । एनसेल प्रकरणमा पनि यस्तै भएको छ ।

एनसेलमा खरबौंको चलखेल भएको छताछुल्ल भइसकेको छ । कर छली गर्नलाई शेयर विक्रीको योजनावद्ध तरिका अपनाइयो । तथ्य प्रमाणसहित यसको खुलासाहरु भए । सरकारको नेतृत्व देखि शीर्ष नेताहरुको समेत संलग्नताको विषय आएपछि सामसुम मार्न टंकमणि शर्मालाई अघि सारियो जाँचबुझ समिति बनाए । पूर्वमहालेखा परीक्षक शर्मा एनसेल मापियासँग जोडिएका पात्र हुन् ।

शर्मालाई एनसेल प्रकरणको वास्तविकता उजागर गर्न भन्दा पनि लुकाएर भ्रम छर्ने गरी खटाइएको खुल्दै गएको छ । एनसेलको शेयर खरिद विक्रीसम्बन्धी सम्झौताको सक्कल छापसहितको कागजात दूरसञ्चार प्राधिकरणले खोज्दा तरंग नै आयो । एनसेलले छापरहित नक्कली कागजात दिएपछि प्राधिकरण त्यसलाई मान्न तयार भएन । अन्ततः पुरुषोत्तम खनालले प्राधिकरण अध्यक्षबाट नै राजीनामा दिए ।

अर्कोतर्फ, जाँचबुझ समितिका अध्यक्ष टंकमणि शर्मा फुत्त बेलायत लागे । उनी एउटा कार्यक्रमको बहानामा बेलायत लागेका हुन् । बेलायतमै दर्ता रहेको कम्पनी स्पेक्ट्रलाइन युकेले अजियाटाको शेयर खरिद गरेको हो । स्पेक्ट्रलाइन केही महिना अघि मात्र बेलायतमा खोलिएको हो । उक्त कम्पनी खोल्नुमा एनसेलको कर छली नै मुख्य उद्देश्य रहेको छ ।

शर्माको बेलायत भ्रमण र स्पेक्ट्रलाइन बेलायतमै हुनुमा कनेक्शन रहेको विश्वस्त स्रोतले नेपाल पेनलाई बताएको छ । स्रोतका अनुसार शर्मा एनसेल माफियासँग नजिक छन् र उनीहरुकै चलखेल अनुसार काम गरिरहेका छन् । यो प्रकरणमा बाहिर शतिशराज आचार्य दाजुभाईको नाम आएपनि भित्र भित्र गैरआवासीय नेपाली व्यापारी उपेन्द्र महतोको मुख्य भूमिका रहेको छ । महतोकै डिजाइनमा एनसेल प्रकरणको ग्रान्डडिजाइन भइरहेको छ ।

महतो र पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराबीच पनि साँठगाँठ छ । चोलेन्द्रको कोटामा संवैधानिक निकायमा नियुक्त भएकाहरु अधिकांश महतोकै डिजाइनमा चल्ने गरेको तथ्य पनि नेपाल पेनले फेला पारेको छ ।

प्रतिक्रिया