५ माघ २०८१, शनिबार | January 18, 2025

सिटौला किन ल्याइँदैछन् राष्ट्रियसभामा


January 9, 2024
498
Shares

काठमाडौं, २४ पुस । नेपाली काँग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको राष्ट्रियसभाको सदस्यको उम्मेदवार केबल सांसद बन्नका लागि मात्र होइन । उनलाई राष्ट्रियसभाको अध्यक्ष बनाउने गरी उम्मेदवार बनाइँदैछ ।

गणेशप्रसाद तिमिल्सिनाको पदावधि सकिन लागेकाले काँग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री प्रचण्डको सहमतिमा सिटौलालाई अगाडि बढाउन लागिएको हो ।

सिटौलाको धर्मनीरपेक्ष र गणतन्त्र स्थापना गर्ने हरेक कदमहरुमा महत्वपूर्ण भूमिका रहेको छ । कुनैबेला गिरिजाप्रसाद कोइरालाको विश्वासपात्रका रुपमा उनले शान्ति प्रक्रियामा भूमिका खेलेका थिए । नयाँ संविधान जारी हुँदा सिटौला तत्कालीन काँग्रेस सभापति सुशील कोइरालाको नजिक थिए । सिटौलाकै भूमिकाका कारण काँग्रेस पनि धर्मनीरपेक्ष मान्न तयार भएको थियो ।

लोकतान्त्रिक आन्दोलनपछि सिटौला प्रतिनिधि सभाको प्रत्यक्षतर्फको चुनाव जित्न असफल रहँदै आए । २०७९ को चुनाव पनि राजेन्द्र लिङ्देनसँग हारे । उनका लागि प्रतिनिधि सभा चुनाव कठिन बनेको छ अहिले । यसैले राष्ट्रिय सभामा जान लागेका छन् ।

राष्ट्रिय सभाको अध्यक्ष संवैधानिक परिषद्को सदस्य हुन्छ । संवैधानिक परिषद्ले गर्ने निर्णयमा महत्वपूर्ण भूमिका हुने र शक्तिको भरपूर अभ्यास गर्न सकिने भएकाले पनि सिटौलाको ध्यान त्यसतर्फ गएको देखिन्छ । अर्कोतर्फ, धर्मनीरपेक्षका पक्षधरहरु सिटौलालाई फेरि मजबुत बनाउन बढेको देखिन्छ ।

प्रतिक्रिया