७ आश्विन २०८१, सोमबार | September 23, 2024

डा. सापकोटाले बनाए नापी कार्यालय भक्तपुर आकर्षक, काम पनि चुस्त


January 6, 2024
7.2k
Shares

सुरेन्द्रबहादुर खत्री सिलवाल, भक्तपुर । देशमा धेरै कर्मचारीहरु आफ्नो घर सुन्दर बनाउँछन् तर कार्यालयलाई बेवास्ता गर्छन् । भक्तपुरका नापी कार्यालय प्रमुख डा. प्रदिप सापकोटा भने थोरै त्यस्ता कर्मचारीमा पर्छन् जसले कार्यालयलाई सुन्दर बनाएका छन् ।

नापी कार्यालय भक्तपुर निकै आकर्षक देखिन्छ अहिले । कार्यालयको सरसफाइ देखि सेवाग्राहीलाई राम्रोसँग बस्ने व्यवस्था समेत गरेका छन् ।

सेवाग्राहीको हितलाई ध्यानमा राखी सम्पूर्ण व्यवस्थापन गरेका छन् । काम छिटो छरितो हुने प्रणालीलाई चुस्त दुरुस्त बनाएका छन् ।

प्रतिक्रिया