ललितपुर प्रहरी प्रमुखमा एसएसपी शेखर खनाल

काठमाडौं, २० पुस । ललितपुरको प्रहरी प्रमुखमा शेखर खनाल पठाइएका छन् । गृह मन्त्रालयले खनाललाई शुक्रबार साँझबाट खटाएको हो ।
बालकुमारीमा दुई युवा मारिएपछि एसएसपी सिद्धिविक्रम शाह प्रहरी प्रधान कार्यालय सरुवा गरिएको हप्ता दिनपछि खनाललाई पठाइएको हो ।
खनाल विगतमा एसपीका रुपमा ललितपुरमा कार्यरत रहिसकेका छन् । उनले विभिन्न जिल्लाको पर्वत, धनुषा जिल्लाको कमाण्ड सम्हाल्नुका साथै सम्पत्ति शुद्धिकरणमा समेत काम गरिसकेका छन् । अपराध अनुसन्धानमा अब्बल मानिने खनाल शालिन र भद्र अधिकृतका रुपमा चिनिन्छन् ।
यसैगरी, ललितपुरको प्रमुख जिल्ला अधिकारीमा तुलसीबहादुर श्रेष्ठ पठाइएका छन् ।