३१ भाद्र २०८१, सोमबार | September 17, 2024

पूर्वराजा ज्ञानेन्द्र शाह किन उत्साही


January 4, 2024
249
Shares

काठमाडौं, १९ पुस । पूर्वराजा ज्ञानेन्द्र शाह झन् उत्साही बन्दै गएका छन् । उनी देश दौडाहामा सक्रिय भएसँगै उत्साही भएका हुन् ।

विभिन्न समयमा वक्तव्य दिने गरेका पूर्वराजा झापामा दुर्गा प्रसाईंको अभियानमा मञ्चमै उपस्थित भएका थिए । राजंस्थाको अन्तपछि पहिलोपटक पूर्वराजा राजनीतिक मञ्चमा देखिएका हुन् ।

पूर्वराजा शाह केही दिन अघि नाति हृदयन्द्र शाहसँगै देखिए । यो घटनाले तरंग नै ल्यायो ।

पूर्वराजा बिहिबार भैरहवामा एक कार्यक्रममा सहभागी हुनेछन् । उनले बोल्ने समेत भनिएको सहभागितालाई चासोका साथ हेरिएको छ ।

भैरहवाको कार्यक्रमअघि पूर्वराजाले बुधबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्षहरु बुद्धिमान तामाङ, रविन्द्र मिश्र, महामन्त्री धबल शमशेर जबरा र अर्का नेता दिपकबहादुर सिंहलाई सामूहिक भेटेका छन् । भेटमा पूर्वराजाले आफ्नो भूमिका सबैलाई एकताको सूत्रमा बाँध्ने रहेको बताएको मिश्रले जानकारी दिएका छन् ।

पूर्वराजा शाह दलहरुसँग सहमति गरेर राजसंस्था फर्काउने आव्हान घुमाउरो तरिकाले गर्दै आएका छन् । उनले विभिन्न रणनीतिबाट दलहरुमाथि दबाब बढाएका छन् ।

प्रतिक्रिया