३ आश्विन २०८१, बिहिबार | September 20, 2024

भारतका विदेशमन्त्री जयशंकरको यस्तो छ भ्रमण तालिका


January 3, 2024
83
Shares

काठमाडौं, १८ पुस । भारतका विदेशमन्त्री एस जयशंकर बिहिबार नेपाल भ्रमणमा आउँदैछन् । उनी विहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रनेछन् ।

११ बजे राष्ट्रपति रामचन्द्र पौडेललाई शितलनिवासमा भेट्ने तय छ । १२ बजे बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गर्नेछन् ।

दिउँसो १ बजे होटल याक एण्ड यतीमा परराष्ट्रमन्त्री एनपी साउदसँग भेटवार्ता गर्नेछन् । सवा १ बजे दुई देशको संयुक्त कमिटिको बैठक बस्नेछ ।

२ बजे परराष्ट्र मन्त्रालयले आयोजना गर्ने दिवाभोजमा सरिक हुनेछन् । अपरान्ह ३ बजेर ४० मिनेटमा पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्नेछन् । साँढे ४ बजे पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता तय गरिएको छ ।

प्रतिक्रिया