३ आश्विन २०८१, बिहिबार | September 20, 2024

दम्भ र लालचले संकट


January 1, 2024
4.6k
Shares

सुरेन्द्रबहादुर खत्री सिलवालः महाभारतमा दुर्योधनको घमण्डले गर्दा भयंकर डरलाग्दो युद्ध भएको हामी सबैलाई थाहा छ।दुर्योधनको घमण्डले गर्दाखेरि उसको ठुलो क्षति भएको थियोे । दुर्योधनसित धेरै सेना हुदाहुदै पनि महाभारत युद्धमा दुर्योधन पक्षले हार व्यहोर्नुपर्यो। कौरवहरुसँग सत्ता, शक्ति, सम्पत्ति देखि दक्ष योद्धा सबै थिए । यति हुँदा हुँदै पनि उनीहरुको हार भयो । यसको कारण हो दुर्योधनको दम्भ अनि असत्यको पक्ष ।

आफूसँग भएकोमा पनि दुर्योधनले चित्त बुझाएनन् । अरुको सम्पत्तिमा आँखा गाडे । हुँदा हुँदा अरुको पत्नीमा समेत आँखा लगाए । विनाशको बाटो आफै रोजे दुर्योधनले ।
अरुको भाग खोस्न जाने र असन्तुष्टि मन भएकाले चाँडे विनाशको बाटो रोज्छन् । अहिलेको युग कलियुग हो । यो युगमा त झन् घमण्डी, लोभी पापीको संख्या अत्याधिक रहन्छ । लोभ लालच र दम्भले धेरै शक्तिशालीहरु पतन भएका छन् । हिटलर दोस्रो विश्वयुद्धमा पतन भए । २१औं शताब्दीमा यस्ता धेरै शासक पतन भइरहेका छन् ।

नेपालको सन्दर्भमा पनि कतिपय नेताहरुमा दम्भ बढेको छ । उनीहरु पैसाको प्यासमा छटपटिइरहेका छन् । मृगतृष्णा जसरी बढिरहेका छन् । यसले पनि उनीहरुको अस्तित्व संकटमा पर्दै गएको छ ।

प्रतिक्रिया