२३ भाद्र २०८१, आइतबार | September 8, 2024

सर्वोच्च अदालतको फैसलाले प्रचण्डलाई झड्का, ‘जनयुद्ध दिवस’मा बिदा दिने निर्णय बदर


December 29, 2023
1.2k
Shares

काठमाडौं, १३ पुस । सर्वोच्च अदालतले ‘जनयुद्ध दिवस’ का नाममा बिदा दिने सरकारको निर्णयलाई बिदा दिने फैसला गरेको छ । शुक्रबार सर्वोच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलले यस्तो फैसला गरेका हुन् ।

सर्वोच्चको फैसलामा शान्ति प्रक्रिया तथा संक्रमणकालीन न्याय सम्बन्धी विषय टुंगो नलागेको, यससम्बन्धी विधयेक विचाराधीन रहेको, निवेदकको भावनामा चोट पर्ने लगायतलाई आधार मान्दै बिदा खारेजको फैसला लिएको हो ।

सर्वोच्चले नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबीच भएको विस्तृत शान्ति सम्झौतामा ‘जनयुद्ध’ भन्ने शब्द हटाई सशस्त्र द्वन्द्व प्रयोग भएको, संविधान निर्माणका क्रममा ‘जनयुद्ध’ शब्द अस्वीकृत भई प्रयोग नगरिएको, नेपालको संविधानमा ‘जनयुद्ध’ शब्द प्रयोग नभएको लगायतका विषय फैसलामा उल्लेख गरेको छ ।

सरकारले फागुन १ मा सार्वजनिक बिदा दिने निर्णय २०७९ माघ २९ गते गरेको थियो । त्यतिबेला प्रधानमन्त्रीका रुपमा माओवादी अध्यक्ष प्रचण्ड नै थिए ।

प्रतिक्रिया