१२ श्रावण २०८१, शनिबार | July 27, 2024

लक्ष्मी पुन किन विवादमा परिन्


December 29, 2023
166
Shares

काठमाडौं, १३ पुस । नेकपा माओवादी केन्द्रको खाट्टी कार्यकर्ता हुन् लक्ष्मी पुन । उनलाई माओवादीले मंसिर ४ २०७९ को चुनावमा समानुपातिकतर्फको सूचीमा पनि राखेको थियो । पत्रकारितामा समेत लागेकी पुनलाई माओवादी सरकारले पशुपति विकास कोषको कार्यकारी निर्देशकमा नियुक्त गरेपछि विवाद आएको छ ।

पुनले विगतमा पशुपतिनाथ क्षेत्रमा क्रिश्चियनलाई चिहान दिन भएको लबिङको पक्ष लिएकी थिइन् । उनले यस विषयमा लेख्ने र बोल्ने समेत गरेको खुलेको छ । यसकारण पन पुनलाई क्रिश्चियन रहेको भनिएको छ ।

संसदीय सुनुवाई समितिमा राप्रपा महामन्त्री धबल शमशेर राणाले लक्ष्मी पुन क्रिश्चियन रहेकोले कोषको कार्यकारी निर्देशक किन बनाइएको भनी प्रश्न गरे । तर, माओवादी सांसदले भने यसको खण्डन गरेका छन् ।

कोषमा पुनको नियुक्तिलाई क्रिश्चियनको पक्षमा पशुपतिमा योजनावद्ध आक्रमण गर्ने उद्देश्यका रुपमा लिइएको छ । क्रिश्चियनको पक्षमा खुलेर बोलेका संस्कृतिमन्त्री सुदन किराँतीले पुनलाई हिन्दू धर्ममाथि आक्रमणका उद्देश्यले नियुक्त दिलाइएको आरोपहरु पनि लाग्दै आएका छन् ।

पशुपतिनाथ धार्मिक पवित्र स्थल मात्र नभएर विश्वभरका हिन्दूको शक्तिपीठ पनि हो । यसमा हुने कुनैपनि अतिक्रमणलाई विश्वकै हिन्दूले आफूमाथिको आक्रमण ठान्ने गरेकाले पनि यो घटनालाई गम्भीर रुपमा लिइएको छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया