झन् अराजक बन्दै हर्क साम्पाङ
काठमाडौं, १२ पुस । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ झन् अराजक बन्दै गएका छन् । उनी कहिले गोरु काण्डमा संलग्न देखिन्छन् त कहिले धार्मिंक हिंसा मच्चाउने गतिविधिलाई बढावा दिइरहेका छन् ।
मेयर भएपनि उनी कुनै विद्रोही सशस्त्र समूहको नेता जसरी सक्रिय भइरहेका छन् । उनको यो गतिविधिलाई कुनै बाह्य शक्तिको आँड मिलिरहेको विषय पनि नउठेको होइन ।
धरानमा मन्दिर अगाडि चर्च निर्माणमा समेत उनको भूमिका देखिएको थियो । यसले अराजक रुप लिएको थियो ।
हर्क साम्पाङले हालैमात्र धरानमा राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएर यलम्बरको राख्ने बताएका छन् । यलम्बर प्रथम किराँत राजा हुन् । उनको यो चेतावनीलाई अर्थपूर्ण रुपमा लिइएको छ ।
पूर्वी नेपालमा जातीय हिंसा मच्चाउने योजनाहरु बनिरहेका छन् । यसै अन्तर्गत गोरु काण्ड मच्चाइएको थियो । साम्पाङ यस्तै गतिविधिमा सक्रिय भई सस्तो लोकप्रीयता बटुल्ने र अराजकता बढाउने योजनामा लागेका छन् ।