३१ भाद्र २०८१, सोमबार | September 17, 2024

सेनापतिले किन संसद र सिंहदरबारको गरे आलोचना


December 28, 2023
415
Shares

काठमाडौं, १२ पुस । प्रधानसेनापति प्रभुराम शर्माले राज्य व्यवस्था समितिमा जे बोले त्यो सामान्य विषय होइन । उनले बाटो बनाउँदा ४ रुख काट्न पनि ९ महिनामा नसक्ने कानून बनाएको भन्दै घुमाउरो तरिकाले सांसदहरुको आलोचना गरे ।

कानून बनाउँदा पछिको नसोची बनाउने गरेको उनको तर्क थियो । उनले सरकारको बागडोर सम्हाल्नेहरुको हैसियतमाथि समेत प्रश्न उठाए । देशमा यो भएन त्यो भएन भन्ने तर त्यसका लागि वातावरण बनाउन नसकेको उनको तर्क थियो ।

पछिल्लो समय देशमा जथाभावी कानून बनाउने देखि कानून मिचेर गतिविधि बढेको छ । सेनाले भने कानून अनुसार नै सबै काम गर्दै आएको दाबी सेनापतिको छ ।

सर्वोच्च अदालतले समेत कानून नै नभएको विषयमा आदेश दिन थालेको छ । दुनियाँमा कहीं नभएको घटना नेपालमा विकास हुन थालेपछि सेनापति कडा रुपमा प्रस्तुत भएका छन् ।

प्रतिक्रिया