१२ श्रावण २०८१, शनिबार | July 27, 2024

जलवायु परिवर्तन अन्तरक्रियात्मक प्रतियोगितात्मक स्तरीय प्रस्तुतिकरण सुरु


December 27, 2023
83
Shares

काठमान्डौं, ११ पुस । कोटेश्वर बहुमुखी क्याम्पस, आमसञ्चार तथा पत्रकारिता, समाजशास्त्र एंव ग्रामिन विकास विभाग र रिसर्च म्यानेजमेन्ट सेलको आयोजना तथा स्वतन्त्र विद्यार्थी प्रतिनिधी तथा स्टुडेन्ट म्यालिटि काउन्सीलको सहकार्यमा बुधबार देखि तिन दिने जलवायुपरिवर्तन सम्बन्धी अन्तरक्याम्पस प्रतियोगितात्मक प्रस्तुतिकरण सुरु भएको छ ।

एम्सन, अगेनेस्ट क्लाइमिट चेन्ज नामक प्रस्तुतिकरण मा उपत्यकका १६ क्यामपस ३० जना विद्यार्थीले जलवायु परिवर्तन पारेको प्रभाव र त्यसलाई रोक्न गर्नु पर्ने प्रयासका बिषयमा आ—आफ्नो प्रस्तुतिरण गर्ने छन् । तीन दिन सम्म संञ्चालन हुने उक्त प्रतियोगितात्मक प्रस्तुतिरन को विश्व विद्यालय अनुदान आयोगका पुर्व अध्यक्ष प्रा। डा। भिम सुवेदीले विरुवामा पानी हालेर सुभारम्भ गरेका हुन ।

कार्यक्रममा बोल्न प्रमुख अतिथि डा। सुवेदीले जलवायु परिवर्तन विद्यार्थीहरुका लागि मात्र नभएर देशकै लागि ठुलो चुनौति भएकाले यसको विरुद्दमा समयमै कदम चाल्नु पर्ने रहेको आवश्यक बताए । परिवर्तनको प्रमुख कारण मानिसका गतिविधी पनि भएको बताउछन् ।

डा. सुबेदीले प्रदुशन रोक्न हरेक व्यक्तिले आफ्नो ठाँउ बाट योगदान दिने बताए । कार्यक्रममा कोटेश्वर क्याम्पसका क्याम्पस प्रमुख एंम पब्लिक क्याम्पस संघका क्याम्पस महमसचिव गोविन्द बहादुर कार्कीले प्राकृतिक प्रकोप सामना गर्नु परिरहेको प्रमुख कारण जलवायु परिवर्तन भएको बताउदै यसका बिरुद्दमा सबै पक्ष जिम्मवार भएर प्रतिकारमा लाग्ने पनमा जोड दिए । दिन प्रति दिन समाजमा क्याम्पस बढ्दै जानुको कारण पनि वायु प्रदुषन भएको दावी गदै कार्कीले स्वस्थ भएर बाच्नाका लागि हामिले वायु प्रदुषन बाट बच्ने उपाय अवलम्बन गर्नुपर्ने बताए ।

सान्दर्भिक बिषयमा बहस गराएर समधानको बाटो पहल्याउन क्याम्पसको आम संञ्चार तथा, पत्रकारीता, समाजशास्त्र र ग्रामिण विकाश विभागले राम्रो काम गरेको क्याम्पस प्रमुख कार्कीले बताए । कार्यक्रममा स्वतन्त्र विद्यार्थी युनियनमा अध्यक्ष संजय बुढाथोकीले वातावरण जोगाउने कुरामा कलेज अध्ययनरत विद्यार्थी सम्मको पनि दायित्व भएको संयुक्त प्रयास आवश्यक रहेको बताए । कार्यक्रममा वातावरण अभिन्ता केपी खनालले अरुलाई दोष दिनु भन्दा वातावरया जोगाउँन आफै लाग्नु पर्ने बेला आएको छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया