१२ श्रावण २०८१, शनिबार | July 27, 2024

तरुणदलद्धारा जाजरकोटमा ७२ अस्थायी टहरा निर्माण


December 27, 2023
913
Shares

काठमाडौं,११ पुस । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरूण दलले जाजरकोटमा भूकम्प पीडितको बसोबासका लागि ७२ वटा अस्थायी टहरा निर्माण गरेको छ ।

८ दिनदेखि भुकम्प प्रभावित क्षेत्रमा खटिएको तरुण दलको टोलीले मंगलबारसम्म उक्त संख्यामा टहरा निर्माण गरिसकेको केन्द्रीय सदस्य निर्मलराज पौडेलले बताए ।

तरुणदलको “आहात जनताको लागि राहत“ अभियान अन्तर्गत अहिले जाजरकोटमा अभियान संचालन गरिरहेको छ । तरुणदलले अन्य घरहरु पनि निर्माण गर्ने प्रक्रियामा छ ।

तरुणदलले अस्थायी बसोबास निर्माण गरेर बोल्ने मात्र काम नगर्ने राजनीतिक दलहरुलाई चुनौती दिएको पौडेलले बताए । उनले भने–‘कुराले मात्र देश र जनताको अधिकार स्थापित हुँदैन्, त्यो कुरा बुुझ्नु परो ।’

आफ्ना संगठनले गरेको कार्यहरुलाई  प्रसारित गर्न ठुला छापामाध्यमहरुले प्रमुख स्थान नदिएको गुनासो गर्दै नेता पौडेलले सूचनाले कसैको राजनीतिक भाविष्य कमजोर नहुने तर्क गरे । सकरात्मक सूचनाले देशको भबिस्य सुधारिने र राजनीतिक दलहरु जनताप्रति थप उत्तरदायी बन्न उत्प्रेरित हुने उनको भनाइ छ ।

अध्यक्ष गुरूङ नेतृत्वको टोली भूकम्पपीडितका लागि टहरा बनाउन श्रमदानमा खटिएको छ । रिम्ना, पिपे, रावत गाउँलगायत ठाउँमा टहरा निर्माण गरिएको पौडेलले सुनाए ।

तरुणदल अध्यक्ष गुरुङको कमाण्डिङ क्षमताको समेत प्रसंशा गर्दै पौडेलले भने,‘उहाँको कमान्डर स्पष्ट छ, जुझारु छ र उहाँलाई युबाहरुको अपार साथ छ।’

अब खलंगामा करिब १०० वटा टहरा बनाउने तरूण दल टोलीको तयारी छ। नेपाली कांग्रेसले पनि इन्जिनियरसहित विभिन्न टोली खटाएर जाजरकोट र रूकुम पश्चिममा टहरा निर्माणमा श्रमदान गरेको थियो। कांग्रेसले १ हजार वटा अस्थायी टहरा बनाउने जिम्मा लिएको छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया