३१ भाद्र २०८१, सोमबार | September 17, 2024

नेपालको धर्म संस्कृतिमाथि आक्रमणबाट चीनमा पर्ने असर


December 27, 2023
4.7k
Shares

हेमशंकर गिरीः विश्व शक्तिका रुपमा उदयीमान मुलुक चीनका हालका राष्ट्रपति सी चिनफिङले कुनै समय भन्नु भएको थियो कि संस्कृति भनेको कुनैपनि देश र राष्ट्रको आत्मा हो संस्कृति बलियो भएमात्र राष्ट्र बलियो हुन्छ र संस्कृतिको प्रगति भएमात्र देशको प्रगति हुन्छ ।

यही महाशक्ति राष्ट्रको निर्माता माओकै नाममा २०५२ फागुन १ बाट शसस्त्ररुपमा जनयुद्ध सुरु गरी २०६३ पछि नेपालको राजनितिमा स्थापित शक्ति प्रचण्ड बाबुरामहरुले सबैभन्दा पहिला नेपालको बिबिध प्राचीनसभ्यता,ईतिहास,मौलिक धर्म संस्कृति र परम्परा,चन्द्र सुर्य अंकित राष्ट्रिय झण्डा,राष्ट्रिय चिन्ह तथा राष्ट्रिय प्रतिक,राष्ट्रिय पोशाक र सबै सांस्कृतिक धरोहरुहरुमाथि नै बढि नीशाना बनाए साथै जातीय क्षेत्रीयता र पहिचानको मुद्दा उछालेर जातीय आधारमा १४ प्रदेशको माग गर्दै राष्ट्रिय अखण्डतामाथि समेत प्रहार गरे ।

यही सुत्रपातको कारण आज मुलुकमा बिखण्डनको डर लाग्दो श्रृङखलाहरु देखिन थालिसकेको छ । उनीहरुकै जोडबल र योजनामा उनिहरुले बोकेको मुद्दाहरुलाई नै समेटेर २०७२ को संविधान जारी भएपछिको ८ बर्ष अबधिमा मुलुकमा २० हजारभन्दा बढी चर्च बनिसकेको छ ।

जनार्दन शर्मा अर्थमन्त्रि हुंदा आफ्नो गृह जिल्लामा पर्ने एउटा गाउंमा चर्च बनाउन ३ करोड रकम बिनियोजन गरेको समाचार आएको थियो । हिसिला यमी र अहिले पशुपति बिकास कोषमा कार्यकारी नियुक्त गरिएकी माओबादी कार्यकर्ता लक्ष्मी पुनले पशुपति आर्यघाट आसपास बनकालीको जंगलमा क्रिश्चियनहरुको लागि चिहान समेत खोज्दै हिंडेको तथ्य प्रष्टै छ । मलाई एउटा सम्झना ताजै छ २०६८ को सुरुतिर पण्डित दिनबन्धु पोखरेलले काठमाण्डौको खुल्लामञ्चमा श्रीमदभागवत सप्ताहा लगाउंने क्रममा उदघाटनको दिन सबै राजनितिक पाटीका नेताहरूलाई निमन्त्रणा गरेको रहेछन । यही क्रममा त्यहाँ हिसिला यमीपनि आएकी रहिछन र उनको अन्यत्रपनि कार्यक्रमको ब्यस्थता भएकोले पहिला उनिलाई नै मन्तब्य राख्न दिईयो । मन्तब्यकै क्रममा उनले भनिन यो राज्य बिभेदकारी छ किन कि पशुपतिमा क्रिश्चियनहरुको चिहान छैन तर नारायणप्रसाद पोखरेल प्रतिष्ठानलाई थानकोट आसपासमा २४ रोपनी जग्गा उपलब्ध गराएको छ । यदि उनको सफा नियत भएको भए यो उपत्यकामा क्रिश्चियन धर्म मान्नेहरुपनि छन त्यसकारण उनिहरुलाईपनि काठमाण्डौको कुनै खाली जमिनमा ब्यवस्था मिलाई दिउ भन्न सक्थिन तर पशुपतिमै लगेर धार्मिक एवं साम्प्रदायिक द्वन्द्व मच्चाउने नियत उनमा प्रष्टै बुझिन्थ्यो । त्यसैगरी माओबादीबाटै उपराष्ट्रपति भएका तत्कालीन उपराष्ट्रपति नन्दकिशोर पुन दोलखामा बिद्यालयको कार्यक्रममा प्रमुख अतिथि भई बिद्यार्थीहरुलाई पुरस्कार राखीएको खामभित्र बाईबल किताब बांड्ने काम हुन्छ ।

डा.बाबुराम भट्टराई, प्रचण्ड निकट पत्रकार दिलनीशानी मगर र खगेन्द्र संग्रौलाहरु लगायत दर्जनौ कम्युनिष्ट नेताहरु हिन्दु सनातन परम्परा तथा रितिरिवाज बिरुद्ध समय समयमा जेहादनै छेडिरहेका छन । कोरियाली ग्रेसरोड चर्चले सोल्टी होटलमा आयोजना गरेको ७ दिने कार्यक्रममा प्रचण्डहरु नै संलग्न नेकपाबाट नेपालको कार्यकारी प्रधानमन्त्री बनेका ब्यक्तिले भाग लिंदै ब्यबस्थापन र सुरक्षामा सघाउंछन अझ त्यति मात्र नभई केन्द्रदेखि स्थानीय तहसम्मका जनप्रतिनिधिहरुलाई जोडिमा उपस्थिति हुन उर्दि जारी गर्दै सबैलाई उपस्थिति गराएपश्चात कोरियाली मुनको शुक्रकिट मिसाएर बनाईएको होलिवाईन पिउने र पिलाउने गरिन्छ र यस्तो कामको बिरुद्ध जनस्तरबाट आवाज निक्लन थालेपछि जनता झुक्याउन माधबकुमार नेपालले यो आयोजक संस्था संयुक्त राष्ट्रसंघमा आबद्ध संस्था हो भन्छन तर बुझ्दा यो संस्था संयुक्त राष्ट्रसंघमा दर्ता समेत नभएको र बिबादित संस्था भएको कुरा छरपष्ट हुन्छ । धादिङमा नेपाली कांग्रेसबाट निर्बाचित प्रतिनिधिसभा सदस्य रामानाथ अधिकारीले केही महिना अगाडि चर्चले आयोजना गरेको कार्यममा दिएको मन्तब्यको त बयान गरिसाध्य छैन ।

आधारभुत प्राथमिक तहमा अध्ययन गराईने पाठ्यक्रमहरुमा समेत ईशाईको प्रचार प्रसार हुनेगरी छपाई भएको पाईएको छ साथै कतिपय निजि बिद्यालयहरुमा अहिले इशुको प्रार्थाना हुने गरेको बुझिन्छ । यही संबिधानमै भएको ब्यवस्था अनुसारपनि एक अर्को समुदायले मानेको धर्मसंस्कृति बिरुद्ध झुठा प्रचारप्रसार गरि प्रलोभनमा पारी वा जबरजस्ती धर्म परिवर्तन गर्न गराउन नपाईने ब्यवस्था छ तर ब्यापकरुपमा यसप्रकारको गतिविधि बढेपछि त्यसलाई रोक्न अनुरोध गर्दै प्रमाण सहित पुर्बसुरक्षाकर्मी परिषद नेपालले यहि असोज ४ गते गृहमन्त्रिलाई सम्बोधन गरि पत्र बुझाउंदा त्यसको अहिलेसम्म कुनै कार्यान्वयन भएको छैन । माओबादीबाट पर्यटन नागरिक उड्यन तथा संस्कृति मन्त्रि बनेका सुदन किरांतीले त हालसालै ईशाईहरुको कार्यक्रममा भाग लिंदै बिश्वमा ८५ प्रतिशतले मानिरहेको ईशाई धर्म नमान्नेहरु देश द्रोही हुन,ईशाई समुदायमाथि बिभेद गर्नेहरु मुर्दाबाद,अब यिनिहरुलाई सर्पले भ्यागुता निले झैं निल्दै लानुपर्छ भन्ने अभिब्यक्ति दिन्छन तर राज्यको जिम्मेवार पदमा बसेका ब्यक्तिले ईशाई बाहेक ९८.९४ प्रतिशत अन्य सम्प्रदायमाथि यसरी चोट पुराउंदै संविधान बिपरित अभिब्यक्ति दिंदा उनलाई सच्याउनुको साटो यो अभिब्यक्तिप्रति आपत्ति जनाउनेहरुमाथि माओबादी नेता कार्यकर्ता र सत्ताधारी दलका नेता कार्यकर्ताहरु खनिन थालेका छन ।

अहिले पश्चिमा मिशनरीहरुले ठुलो धनराशी खर्चेर नेपालमा धर्मान्तरणको जालो कहालीलाग्दो ढंगले अगाडि फैलाई रहेका छन । बिशेषगरी बैद्दिक सनातन शास्त्रहरुको बारेमा र हाम्रो परम्परागत रितिरिवाजहरुको बारेमा भ्रमपुर्ण व्याख्या तथा प्रचार भईरहेको छ यसलाई अझै बल पुग्नेगरी साथै नेपालीहरुलाई आफ्नो रितिरिवाज,संस्कार संस्कृति र परम्पराबाट बिमुख गराउन कबिरपन्थी अर्थात हाल भारतीय जेलमा रहेका रामपाल स्वामीले बैद्दिक सनातन शास्त्रहरुमाथि भ्रमपुर्ण कुतर्क गरेर करोडौं थान ज्ञानगंगा,जिउने मार्ग र रामायण जस्ता किताबहरु छपाई गरि निशुल्क रुपमा घरघरमा पुराईरहेका छन साथै केही टेलिभिजनहरु मार्फत समेत व्यापक प्रचारप्रसार गरिरहेका छन । यसको लागिपनि पश्चिमा मुलुकहरुको ठुलै लगानी बिना यो काम संभव छैन । क्रिश्चियन बनेमा कुनै रोग नलाग्ने साथै लागिरहेको रोग निको हुने जस्ता अन्धबिश्वासी कुराहरुमा सोझासाझा नेपालीहरुलाइ झुक्याएर धर्मपरिवर्तन गराईरहेका छन । धर्म परिवर्तन गर्न नमान्नेहरुलाई सकेसम्म विभिन्न प्रलोभनमा पारेर सम्झाउने बुझाउने नसके खरिद गर्ने तर त्यसबाटपनि संभव नभए उसको नातागोतामा कोही क्रिश्चियन भए ती नातेदार मार्फत फकाउने काम भईरहेको छ यस्तो गतिविधको बिरोध गर्नेहरुमाथि सिक्किमका डा.गोपाल गुरुङको मिशनमा लागेकाहरुले धम्क्याउने र गाली गर्ने गरिरहेको पाईन्छ ।

अहिले दलाई लामा मिशनमा आबद्ध केही चिनियाँ नागरिकहरु समेत नेपालमा इशाईकरणको लागि सघाई रहेका सुचनाहरु आईरहेका छन । २०७८ को जनगणनामा समेत हिन्दु, बुद्ध,मुस्लिम,किरांत,शिख,जैन, वाही र बोन आदीको संख्या घटेको देखाई क्रिश्चियन संख्या बढाउन राज्यकै विभिन्न माध्यम प्रयोग गरिएको थियो फलस्वरुप हिन्दु,बुद्ध र किरांत धर्म मान्नेहरुको संख्या उल्लेख्य रुपमा घटेको पाईन्छ ।

ब्राम्हण र क्षेत्री सम्प्रादायबीचमा धार्मिक सांस्कृतिक रुपमा बिभाजनगरी फुट ल्याउन ईशाई मिशनरी योजनामै मष्टो अबधारणा ब्याप्त रुपमा अगाडि ल्याईएको छ र पहिल्यै क्रिश्चियनमा लागिसकेका क्षेत्रीहरुलाई मष्टो धर्ममा खटाएर तिनिहरु मार्फत हिन्दु सनातन धर्मको बिरुद्ध प्रचारप्रसार गर्न लगाईएको छ । कम्युनिष्टहरु र बिशेषगरी माओबादी नेताहरु सरकारमा भएको मौकामा हाम्रो देबनागरिक लिपिहरुमाथि समेत षडयन्त्र गर्दै नेपालको बृहत शब्दकोषबाट ॐ अक्षर हटाउने लगायत उक्त शब्दकोषमा भगवान बिष्णुको अर्थमा नराम्रा र गलत शब्दहरु राखिएको पाईन्छ ।

केही महिना पहिला मैले यो कुराको प्रमाण सामाजिक संजाल फेसबुकमा राखेकै कारण म्याग्दी जिल्ला घर भएका नबीन बानियां नामको ब्यक्तिले म माथि गाली गलौज गरेपछि मैलेपनि निजलाई सम्झाउंदा निजले मेरो फेसबुक प्रोफायलमा भएको फोटोलाई राखी मलाई भारतीय रअ तथा आरएसएसको एजेण्ट भन्दै तथानाम गाली गलौज लेखेछन त्यसपछि यिनको पृष्ठभुमी खोज्दै जांदा आबरणमा मष्टो धर्मप्रचारक भेटियो ।

दलहरु र बिशेषगरी कम्युनिष्टहरुकै सहयोग र सक्रियतामा यहि गतिमा नेपालको सभ्यता र संस्कृति मासेर ईशाईकरण गर्न सफलता मिलेपश्चात छिमेकी मुलुक चीनबाट तिब्बत अलग गराउने ईण्डोपश्चिमा मिशन सफल हुने निश्चित छ ।यही मिशन अनुसार नै अहिलेकै सत्ताधारी दलहरुकै अघिल्लो गठबन्धन सरकारको पालामा अमेरिकी उप बिदेशमन्त्री उज्रा जिया नेपाल आई तिब्बतीयन खम्पा क्याम्पहरुमा रहेका तिब्बतीयन शरणार्थीहरुबीचमा लोकल एसेम्बली छान्ने निर्बाचन गराउन चांजोपांजो मिलाए पश्चात काठमाडौ महानगरपालिका वडा नं -६ को तिव्वतियन शरणार्थी क्याम्प बौद्व र जोरपाटीको खम्पा क्याम्पहरुमा रहेका तिव्वतियन शरणार्थीहरुले २०७९ साल जेठ २१ गते निर्बाचन सम्पन्न गरेका थिए । यसमा नेपाल सरकारको तर्फबाट कुनै अबरोध भएको समेत पाईएन ।

नेपालमा भएका यी गतिविधिले चीनमा पनि असर पर्न सक्छ । पश्चिमाहरुबाट भएको योजनावद्ध सांस्कृतिक आक्रमणले नेपालमा त क्षति पुगेकै छ । भविष्यमा चीन र भारत जस्ता देशमा पनि ठूलो असर पर्न सक्छ ।

प्रतिक्रिया