३ आश्विन २०८१, बिहिबार | September 20, 2024

रवि लामिछाने आर्थिक विवादमा


December 25, 2023
996
Shares

काठमाडौं, ९ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने फेरि विवादमा परेका छन् । पोखरामा उनीमाथि खोया प्रहार गरिएसँगै सहकारीको एक करोड ऋण लिएर नतिरेको विषयमा विवादमा परेका हुन् ।

लामिछानेले जेबी राई सञ्चालक रहेको पोखराको एक सहकारीबाट एक करोड ऋण लिएर नतिरेको तथ्य बाहिर आएको थियो । उक्त सहकारी अहिले जोखिममा परेको छ ।
लामिछानेले भने ऋण नलिएको र आफ्नो नागरिकता दुरुपयोग भएको दाबी गरेका छन् । आफू सदस्य नै नभएको सहकारीमा ऋण लिन नमिल्ने भन्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठ फसाउन लागिपरेको उनको दाबी छ ।

गृहमन्त्रीलाई सुन तस्करीको सूचना दिएपनि पक्राउ नगरेको भन्दै आपत्ति जनाए । उनले सञ्चारकर्मीसँग बुटवल नारायणगढ सडक निर्माणमा दबाब दिन पुग्दा गैंडाकोटमा बोल्दै आफूलाई चौतर्फी घेराबन्दीमा पार्न खोजिएको दाबी गरे ।

लामिछाने विगतमा पनि विवादमा पर्दै आएका छन् । उनले रवि लामिछाने फाउण्डेशनमार्फत् ठूलो रकम जोहो गरेको विषय बाहिर आइरहेको छ ।

प्रतिक्रिया