१२ श्रावण २०८१, शनिबार | July 27, 2024

कांग्रेसले मनायो सन्तनेता कृष्णप्रसाद भट्टराईको शताब्दी जयन्ती (फोटोफिचर)


December 24, 2023
1.6k
Shares

काठमाडौं, ८ पुस । नेपाली कांग्रेसले आज पुर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको शताब्दी जन्मजयन्तीको अवसरमा विमर्श सभाको आयोजना गरेको छ ।

कांग्रेसले सन्त नेताको सम्झनामा ‘आदर्शको राजनीति,विधिको शासन र किसुनजीको योगदान’विषयक विमर्श सभा गरेको हो ।

सानेपास्थित केन्द्रीय कार्यालयमा सभापति शेरबहादुर देउवासहित पार्टीका पदाधिकारीहरु र विशिष्ट व्यक्तिहरुले सम्बोधन गरेका छन् । दिउँसो सवा १ बजे आयोजना गरिएको कार्यक्रममा संविधानसभा सदस्य नीलाम्बर आचार्य र विश्लेषक सिके लाल बिच अन्तरक्रिया भइरहेको छ । सो अन्तरक्रियालाई वरिष्ठ पत्रकार नवराज लम्सालले सहजीकरण गर्नेछन् ।

विस १९८१ पुस ८ गते जन्मिएका सन्त नेता भट्टराईको ०६७ फागुन २० गते निधन भएको थियो । कांग्रेसका पूर्व सभापति उनी नेपालको पहिलो सभामुख तथा बहुदलिय व्यवस्थाको पुनस्थापना पछिका पहिलो प्रधानमन्त्री समेत हुन् । Photo : NirmalRaj Poudel

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया